बलिउडका चर्चित अभिनेता अर्जुन कपुरलाई कोरोना भाइरस संक्रमण देखिएको छ।
सामाजिक सञ्जालमार्फत आइतबार अर्जुनले आफ्नो कोरोना रिपोर्ट पोजिटिभ आएको जानकारी दिएका हुन्।
अभिनेता कपुरले आफूमा कोरोना संक्रमणको लक्षण नदेखिए पनि बताएका छन्।
उनले डाक्टर र प्रशासनको सल्लाहमा आफू घरमै आइसोलेसनमा बसेको जानकारी दिए।
‘मेरो कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ, यो कुरा तपाईंलाई जानकारी गराउनु मेरो कर्तव्य हो’, कपुरले लेखेका छन्, ‘म ठीक छु ममा कोरोनाको लक्षण पनि देखिएको छैन, म डाक्टर र प्रशासनसँग सल्लाह गरेर घरमै आइसोलेसनमा बसेको छु।’