‘ट्रेजेडी किङ’ दीलिप कुमारलाई अर्को ‘ट्रेजेडी’

‘ट्रेजेडी किङ’ दीलिप कुमारका अर्का भाई अहसान खानको कोरोना भाइरसका कारण निधन भएको छ। ९० वर्षका अहसानको बुधबार राती करिब ११ बजे लिलावती अस्पतालमा निधन भएको हो। १५ अगस्टमा स्वास लिन गाह्रो भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। 

लिलावती अस्पतालका चिकित्सक जलिल पारकरले यसको पुष्टी गरेका छन्। शरीरमा अक्सिजन लेवल कम भएपछि उनीसँगै अर्का भाई असलम पनि अस्पताल भर्ना भएका थिए।

११ दिनअघि असलमको कोरोनाकै कारण निधन भएको थियो। उनी ८८ वर्षका थिए। दीलिप कुमारकी श्रीमती सायरा बानोले दुबै भाईहरू बहिनी फरिदासँग बस्ने गरेको बताएकी थिइन। फरिदा पहिले अमेरिका बस्थिन्। 

दीलिप कुमारको दुबै भाईसँग जमिनको विवाद थियो। दीलिपको १६०० वर्गफिटको घरको मुल्याकंन २५० करोड आँकिएको छ। २०१४ मा दीलिप र सायराले बम्बे उच्च अदालतमा मुद्धा दर्ता गर्दै आफ्नो घरमा भाईहरूको हक नभएको बताएका थिए। 

सन् २००७ मा भएको सम्झौंता अनुसार दीलिपले अहसानलाई १२०० वर्गफिट र असलमलाई ८०० वर्गफिटको घर उपलब्ध गराउनु पर्ने थियो।

प्रकाशित मिति: : 2020-09-03 14:20:04

प्रतिकृया दिनुहोस्