अभिनेता सुशान्त सिंह राजपूतकी दिदी मितु सिंहले आफूले भाईलाई पंखामा फासी लगाएको नदेखेको बयान दिएकी छिन्।
केन्द्रीय जाँच एजेन्सी (सीबीआई) लाई बुधबार बयान दिनेक्रममा उनले भाईलाई पंखामा झन्डिएको आफूले नदेखेकोे स्पष्ट पारेकी छिन। उनले सीबीआईसँग आफू घर पुग्दा पंखामा हरियो कपडा मात्र देखेको बताएकी छिन।
सुशान्तको घरमा बस्ने कर्मचारीले उनी पंखामा झन्डिएर आत्महत्या गरेको बयान दिएका थिए। मितुसँग मुम्बई प्रहरीले पनि सोधपुछ गरेको थियो।
सुशान्तकी प्रेमिका रिया चक्रवर्तीले ८ जुनमा घर छोडेर गएपछि उनको बहिनी घरमा बस्न आएकी थिइन। तर, आफ्नो घरमा काम परेपछि उनी १२ जुनमा छोरीलाई भेट्न गोरेगाउँ पुगेकी थिइन। यही दुई दिनभित्र सुशान्तको निधन भएको थियो।
उनले आफूले दिएको बयान मुम्बई प्रहरीले मराठीमा लेखेर हस्ताक्षर गर्न लगाएको बताएकी छिन्। उनले आफूलाई मराठी भाषा नआउने जानकारी दिइन। घरका कर्मचारी सिद्धार्थ पिठानीले बिहान सुशान्तले आफ्नो दिदीलाई फोन गरेको भन्ने बयानसँग उनको बयान मेल नखाएको भारतीय अखबारहरुले बताएका छन्।
मितले आफूले सशान्तलाई फोन गर्दा नउठेको र उनको विषयमा सिद्धार्थसँग सोधपुछ गरेको बताएकी छिन। सिद्धार्थले उनलाई नरिवलको जुस पिएर कोठामा गएको जानकारी दिएका थिए।
सिद्धार्थले नै प्रहरीलाई सुशान्त पंखामा झुन्डिएको आफूले देखेको र शरीरलाई तल झारेको बताएका थिए। घटनास्थलमा पुगेका प्रहरीले पनि सुशान्त झुन्डिएको देखेका थिएनन्।