हिरासतमै विजयरामकाे मृत्यु भएपछि इन्स्पेक्टरसहित तीन प्रहरी निलम्वित, विराेध जारी

रौतहटको प्रहरी हिरासतमा मृत्यु भएका विजयराम चमारमाथि सोधपुछ गर्ने तीन जना प्रहरी निलम्बनमा परेका छन्।

एक प्रहरी निरीक्षक र दुई जना हवल्दारमाथि अनुसन्धान गर्न निलम्बन गरेको जिल्ला प्रहरी कार्यालय रौटहटका प्रवक्ता, डिएसपी भरत श्रेष्ठले जानकारी दिए।

इलाका प्रहरी कार्यालय गरूडाका प्रहरी निरीक्षक नविनकुमार सिंह, प्रहरी हवल्दार हिरोज मिया धुनियाँ र मुन्ना सिंह निलम्बनमा परेका हुन्। 

भदौ ४ गते बिहीबार बिहान हिरासतमा रहेका गरुडा नगरपालिका ८ का विजयराम चमारको उपचारको क्रममा नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो।

उनको मिर्गौलाले काम गर्न छोडेपछि मृत्यु भएको थियो। उनीत गरुडा नगरपालिका ८ जिगडियामा रहेको सच फलफूल नर्सरीमा काम गर्ने २० वर्षीय निरञ्जनको हत्यामा संलग्न रहेको आरोपमा सोही ठाउँमा निरञ्जन रामको हत्याको आशंकामा पक्राउ परेका थिए। उनीसँगै सोही ठाँउका २० वर्षीय अजयकुमार रञ्जन, १९ का बिवेक यादव, १९ का अर्जुन राम, १९ का सिकिन्द्र राम र शेख आजाद पनि पक्राउ गरेको थियो।

शेख आजादको परिवारका एकजना महिलासँग अबैधसम्बन्ध रहेकै कारण आजादकै योजना अनुसार छिमेकी साथीसँग मिलेर निरञ्जन रामको हत्या गराएको प्रहरीको निस्कर्ष रहेको छ।

पक्राउ परेकाको बयान र प्रमाणको आधार देखाउँदै गत १ गते ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी ज्ञानकुमार महतोले सातैजनामाथि ज्यान सम्बन्धी मुद्धा दायर गरेर जिल्ला अदालतबाट म्यादसमेत थपेर सोही दिन सार्वजनिक गरेका थिए।

उता सार्वजनिक भएको भोलिपल्टदेखी नै विजयका परिवार तथा पीस फर दलित फाउन्डेसनल पर्साका अध्यक्ष मनोज रामकाे नेतृत्वमा बिरोधमा प्रदर्शन गर्दै आएकाे थियाे। 

त्यसपछि गरूडाका डिएसपी ज्ञानबहादुर महतो विवादमा तानिएका थिए।

यस घटनापछि उनलाई प्रहरी प्रदेश कार्यालय तानिएको थियो। यद्यपी उनको मृत्यु यातनाका कारण भएको हो वा होइन भन्ने कुरा अहिले नै एकीन भइ नसकेको डिएसपी श्रेष्ठले बताए।

‘उनको पोष्टमार्टम रिपोर्ट पनि आएको छैन, यस विषयमा छानविन गर्न तीन सदस्यीय समिति समेत गठन भएको छ,’ डिएसपी श्रेष्ठले भने।

यस घटनामा उपसचिवको संयोजकत्वमा तीन सदस्यीय छानविन समित गठन भएको थियो।

विराेध र जुलुस जारी

यता पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिकाको श्रीपुर पांचगावमा संयुक्त दलित संघर्ष समितिले आज पनि विरोध कार्यक्रम जारी राखेको छ।

उनीहरुले पाचगावामामा र्‍याली तथा जुलुस गर्दै डीएसपी ज्ञानकुमार महतोमाथि यातना र ज्यान सम्बन्धि कसुरको जाहेरी दर्ता गर, डीएसपीलाई निलम्बन गर, डीएसपी समेतलाई पक्राउ गरी, म्यादथप गरी थुनामा राखी अनुसन्धान गर, यातना र ज्यान सम्बन्धि कसुर मुद्दामा जिल्ला अदालत रौतहटमा मुद्दा दायर गर, आरोपीहरुलाई आजीवन (जीवित रहेसम्म)जन्म कैद गर, पीडितलाई भएको क्षेती बापत क्षतिपूर्ति देऊ ,निरञ्जन रामको हत्या गर्ने वास्तविक अपराधीहरुलाई पक्राउ गरी कारवाही गर, निर्दोषलाई रिहा गर, पीडित परिवारलाई क्षतिपूर्ति देउ लगायत नारा लगाएका थिए।

मृतक विजयरामका बुवा पनिलाल राम चमारले आरोपीलाई बचाऊँ गरेर प्रहरीले निर्दोषलाई पक्रेरको दावी गरेका छन्। उनले पक्राउ परेका आफ्ना छोरालाई कुटपिट गरेर प्रहरी घाइतेसमेत बनाएको र उपचारका लागि वीरगञ्ज मेडिकल कलेजको आईसियु कक्षमा राखेको नाटक गरेको दावी गरे। 

‘निर्दोष छोरालाई हत्यामा फसाउन तीनजना प्रहरीले एकसाथ लाठी बर्षाए,’ उनले भने, ‘हिरासतमा थर्डडिग्रीसमेत प्रयोग गरेर प्रहरीले आरोप कबुल गराए।’

प्रहरीले यातनाको भरमा आरोप कबुल गराएकै कारण विजयरामको यातना सहन गर्न नसकेर मृत्यु भएको उनका बुवा पनिलालले आरोप छ।

 

प्रकाशित मिति: : 2020-09-01 15:24:22

प्रतिकृया दिनुहोस्