रुकुम पश्चिममा निषेधाज्ञा एक साता थपियो

रुकुम पश्चिममा गत सातादेखि जारी निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ। 

जिल्ला प्रशासन कार्यालयले सोमबार बिहान ४ बजेदेखि आगामी आइतबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले बताए।

यसअघिको निषेधाज्ञा आइतबार राति १२ बजेसम्म थियो। बैठकले सानीभेरी गाउँपालिकामा लगाइएको निषेधाज्ञा भने हटाएको छ। आठबीसकोट नगरपालिकाका ९, ११ र १२ नम्बर वडामा लगाइएको निषेधाज्ञा पनि हटाइएको छ। 

यता, हिजो आइतबारको बैठकले त्रिवेणी गाउँपालिकाका ९ र १० नम्बर वडामा निषेधाज्ञा लगाइएको छ। शनिबार मात्रै ती २ वडामा एक/एक जनामा संक्रमण पुष्टि भएको थियो। 

प्रकाशित मिति: : 2020-08-31 13:36:38

प्रतिकृया दिनुहोस्