बार्सिलाेना र मेसीको चेस गेम, काे हाेला विजेता ?

लिओनल मेसीले आफूले आइतबार पीसीआर टेष्ट नगर्ने भनेर बार्सिलोनालाई जानकारी गराएका छन्। मेसी आफैँ क्लब छाड्ने मनसायमा रहेकाले कोरोना परीक्षणसमेत नगराउने अवस्थामा पुगेका हुन्।

गत मंगलबार क्लब छाड्ने मनसायसहित ६ पटकका बालोन डि’ओर विजेता मेसीले क्लबलाई पत्र लेखेका थिए। मेसीको बार्सिलोनासँगको सम्झौता २०२१ सम्म रहेको छ। तर उनले गत सिजनको अन्त्यसँगै आफ्नो सम्झौता रद्द गर्न पाउने प्रावधानको प्रयोग गर्दै क्लब छाड्न चाहेको बताए। 

मेसीको सम्झौता अनुसार जुन १ सम्म उनले चाहेको अवस्थामा कुनै रकम नतिरी क्लब छाड्न पाउने थिए।

तर सामान्य अवस्थामा मे महिनामै सकिने सिजन यसपटक कोरोना भाइरस संक्रमणका कारण लम्बिएको थियो। यससँगै मेसीका अनुसार सम्झौताको प्रावधान मान्य रहने जानकारी दिँदै क्लबलाई सम्झौता रद्द गर्न आग्रह गरेका थिए। 

मेसीले क्लब छाड्ने निर्णय गर्दै मंगलबार क्लबका अध्यक्ष जोसेप मारिया बार्टोमेउको नाममा लेखे। उनले स्पेनको अदालतले आधिकारिक मान्ने ब्युरोफ्याक्स माध्यमको प्रयोग गर्दै क्लबलाई पत्र पठाएका थिए। 

मेसीले पत्रमार्फत सम्झौता रद्द गर्न भनेका छन्। यद्यपि बार्सिलोना समरमा मेसीलाई गुमाउन चाहँदैन।

पछिल्लो पटक मेसीलाई अनुबन्ध गर्न इन्टर मिलान, म्यानचेस्टर सिटी र पेरिस सेन्ट जर्मेन (पीएसजी) इच्छुक देखिएका छन्। यस्तैमा म्यानचेस्टर युनाइेटडले पनि चासो देखाएको छ।  

यसअघि पूर्व प्रशिक्षक एर्नेस्टो भालभेर्डे र किके सेटिनसँग मेसीको सम्बन्ध राम्रो रहन सकेको थिएन। यसले पनि बार्सिलोनाको प्रदर्शनमा असर परेको थियो। 

पछिल्लोपल्ट च्याम्पियन्स लिगमा बायर्न म्युनिखसँग ८–२ को लज्जास्पद हार बेहोरेपछि मेसीले अन्यत्र कल्बमा जाने कुरा खुलाएका थिए।च्याम्पियन्स लिगको खराब प्रदर्शनबाट मेसी झन बढी दिक्क भएको र क्लब छाड्न चाहेको बताइएको छ।

मेसीले गत शुक्रबार क्लबका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानसँगको छलफलमा बार्सिलोनामा पनि आफ्नो भविष्य नरहेको प्रष्ट पारेका थिए। क्लबको बोर्डसँग राम्रो सम्बन्ध नरहेका मेसीले कोम्यानसँग भेटघाटपछि क्लब छाड्ने निर्णय लिएको बुझिएको छ। यद्यपी कोम्यान भने उनलाई मनाउन लागि परेका छन्। 

क्लबको भनाइ के छ भने यदि मेसीले क्लब छाड्ने हो भने यो जानकारी १० जुनअघि नै गराउनुपर्थ्यो। यसको अर्थ अब मेसी र क्लबका अध्यक्ष बार्तामेउ चेसको गेममा फसेका छन्। जसमा हरेक चालको महत्व छ र एक मात्र विजेता हुन सक्छ।

यदि मेसी क्लबमा रहने हो भने बार्तामेउले अध्यक्ष पदबाट राजीनामा दिने बताएका छन्। बर्टोमेउले आगामी मार्चमा क्लबको नेतृत्वका लागि पुनः निर्वाचन लड्दैछन्। उनी पुनः अध्यक्षमा चुनिन चाहन्छन्। मेसीको बहिर्गमनले उनको नेतृत्वलाई अप्ठ्यारो पर्न सक्ने अनुमान गरिएको छ। उनले मेसीका बुवासँग पनि लगातार कुरा गरिरहेको बताएका थिए। जसरी पनि उनी मेसीलाई फकाउन लागि परेका छन्। 

तर, मेसीले सोमबारदेखि सुरु हुने प्रि सिजनअघि पीसीआर टेष्ट नगर्ने भनेर जवाफ फर्काएका छन्। मेसीले आफूलाई बार्सिलोना छाड्नुपर्ने अवस्थामा पुर्‍याएको अनुभव गरेका छन्।

अध्यक्ष बोर्टेमेउ मेसीसँग कुरा गरेर उनलाई मनाउने प्रयास गर्ने पक्षमा छन्। तर, अर्जेन्टिनी सुपर स्टारको भने उनलाई भेट्ने कुनै योजना नभएको बताइसकेका छन्।

मेसीले क्लब छाड्ने इच्छा व्यक्त गरेपछि बार्टोमेउमाथि बोर्डको अविश्वास बढेको बताइएको छ। यसअघि पनि बार्टोमेउ र मेसीबीच विभिन्न प्रसंगमा मतभेद रहेको बताइएको थियो। प्रशिक्षक भालभेर्डे बर्खास्त, नेयमार अनुबन्धन, ग्रिजमनको सम्झौता लगायत विषयमा यी दुईबीच सहमति हुन सकेको थिएन। जसको कारण टिमको योजना खराब रह्यो र भविष्यको पनि अनिश्चित बन्यो।

दुई महिनाअघि बार्तामेउ मेसी क्लबमै बस्नेमा पक्का थिए। ‘उनी आरामदायी छन् र उनले बार्सिलोनमामै सन्यास लिनेमा कुनै शंका छैन,’ बार्तामेउले भनेका थिए, ‘उनको सम्झौता नवीकरण गर्नु हाम्रो दायित्व हो।’

त्यसयता क्लबको हकमा विभिन्न खराब निर्णयहरु भएका छन्। जसमध्ये पहिलो नयाँ प्रशिक्षक रोनाल्ड कोएमनले फरवार्ड लुइस सुआरेजलाई अर्को सिजनको लागि आफ्नो योजनामा नभएको भन्नु हो।

यो चेस खेलमा के छ भने मेसीको पक्षमा एक कुरा छ, फ्यान। यस अवरोधमा कुनै अन्त्य छैन।

बार्सिलोनाले मेसीको रिलिज क्लज ७ सय मिलिय युरो तोकेको छ। ७ सय मिलियन युरो तिर्न सफल भए बार्सिलोनाको अनुमति बेगर पनि मेसीले क्लब छाड्न पाउने स्पेनिस पत्रिका मुन्डो डिपोर्टिभोले जनाएको छ। 

बार्सिलोनाले राखेको रिलिज क्लज २०१७ मा ब्राजिली नेयमारले पाएको विश्व कीर्तिमानी ट्रान्सफर रकमभन्दा तीन गुणा बढी हो।

तर कुनैपनि क्लबले रिलिज क्लजको पूरा रकम तिर्ने सम्भावना छैन। विकल्पमा सबै क्लबले मेसीसँग व्यक्तिगत सम्झौता गरेर अर्को वर्ष फ्री ट्रान्सफरमा उनलाई अनुबन्ध गर्न सक्छन्।

यदि मेसीले क्लब छाडे उनीबाट आयआर्जन गरेका उक्त रकमको सदुपयोग गर्दै अन्य खेलाडी किन्न सक्छ। मेसी मात्रै होइन लुइस स्वारेज, भिडाल, इभान रकिटिचलयगायतका खेलाडी बार्सिलोनाले बेच्न चाहेको छ।

तर मेसीको स्तरको खेलाडी जति नै रकम तिरेर पाउन गाह्रो हुने बार्सिलोनाले बुझेको छ। यसको बिकल्पमा नेयमार पनि छन्। तर उनलाई बार्सिलोना नफर्काउने कल्बले संकेत दिसकेको छ।

बार्सिलोनामा नेयमार रहँदा मेसीसँग उनको साझेदारी उत्कृष्ट थियो। मेसीले २०१७ मा बार्सिलोना छाडेका नेयमारलाई पुनः फर्काउन आग्रह गरेका थिए। तर नेयमारलाई क्लबमा फर्काउन नसक्दा मेसीले आक्रोश पोखेका थिए। मेसी सम्भवत अर्को सिजन फ्री ट्रान्सफरमा अन्यत्र जानेछन्।

मार्का र बिबिसीकाे सहयाेगमा

याे पनि

बार्सिलोना छोड्ने मेसीकाे निर्णय, छलफल गर्न क्लबले डाक्याे आकस्मिक बैठक

बार्सिलाेनालाई मेसीकाे पत्र: व्यक्तिगत कारण म याे कठिन निर्णय लिन बाध्य छु

मेसीकाे ‘रिलिज क्लज’ नेयमारकाे भन्दा तीन गुणा बढी !

ग्वार्डिओलासँग मेसीकाे टेलिफाेन कुराकानी

मेसीलाई बार्सिलोनामै राख्न बार्टोमेउले अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने !

सिटीकाे आकर्षक प्रस्ताव: बार्सिलाेनालाई तीन खेलाडी र पैसा दिने, मेसीलाई ३ वर्षका लागि लिने, जुनसुकै बेला जान दिने

‘म अझै दुईपल्ट बालोन डी’ओर जित्न चाहन्छु, त्यो केवल तपाईँको प्रशिक्षणमा मात्रै सम्भव छ’

प्रकाशित मिति: : 2020-08-30 12:13:51

प्रतिकृया दिनुहोस्