आलिया भट्ट अभिनित फिल्म ‘सडक–२’ ले अहिलेसम्मकै सबैभन्दा खराब रेटिङ पाएको छ।
२८ अगस्टमा डिज्नी प्लसको हटस्टारमा रिलिज भएको यो फिल्मले अहिलेसम्म १ दशमलव १ रेटिङ मात्र प्राप्त गरेको छ। सुशान्त सिंह राजपूतको निधनपछि बलिउडमा चलिरहेको परिवारवादको राम्रो प्रभाव यो फिल्ममा परेको हो।
यतिबेला परिवारवाद र बाहिरबाट आएका कलाकारबीच बहस नै चलेको छ। यसअघि श्रीदेवीकी छोरी जान्हवी कपुरको फिल्म गुञ्जन सक्सेनाले पनि खराब रेटिङ पाएको थियो।
‘सडक–२’ को लागि आइएमडीबीमा अहिलेसम्म १३ हजार ४ सय ३८ जनाले रेटिङ दिएका छन्। जसमा प्रायः सबैले १ रेटिङ मात्र दिएका थिए।
फिल्मको रिभ्यू गर्दै एक युजर्सले लेखेका छन्, ‘सडक–२ ले पुरानो लोकप्रियता पनि खत्तम गरेको छ। कलाकारहरूको अभिनय निकै खराब थियो। फिल्मको उठान पनि राम्रो थिएन।’
सडक–२ सञ्जय दत्त अभिनित सडक फिल्मको सिक्वेल हो। यसलाई महेश भट्टले निर्देशन गरेका थिए। सुशान्तको निधनमा महेश भट्टको भूमिकालाई लिएर शंका गरिएको छ।