सुशान्त आत्महत्या प्रकरणः पहिलो पल्ट सीबीआईले रिया चक्रवर्तीलाई बोलायो

अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा पहिलो पल्ट उनको प्रेमिका रिया चक्रवर्तीसँग सेन्ट्रल ब्यूरो अफ इन्भेस्टिगेसन (सीबीआई) ले छानवीन सुरु गरेको छ। 

सीबीआईले सुशान्त आत्महत्या प्रकरणको मुद्धा आफ्नो हातमा लिएको आठ दिनपछि शुक्रबार रियालाई सोधपुछका लागि बोलाएको हो। उनीसँगै भाई सोविक चक्रवर्ती पनि छन्। 

मुम्बईको सान्ता क्रुज क्षेत्रमा रहेको भारतीय आर्मीको गेस्ट हाउसमा बसेको सीबीआईको टोलीले यी दुईसँगै सुशान्तको घरमा काम गर्ने सिद्धार्थ पिठानी र श्यामुअल मिरान्डालाई पनि पुनः बोलाएको छ। यी चारै जनालाई सँगै राखेर सीबीआईले सोधपुछ गर्न लागेको हो। 

रियालाई बोलाउनुअघि इडी कार्यालयले बिहीबार ६ घण्टा रियाका बुवा इन्द्रजीत चक्रवर्तीसँग पैसाको विषयलाई लिएर सोधपुछ गरेको थियो। उनलाई इडी कार्यालयले एक्सिस बैकको एउटा ब्रान्चमा पनि लगेर सोधपुछ गरेको थियो। रियाको परिवारमाथि सुशान्तको पैसाको घोटाला गरेको आरोप छ।

प्रकाशित मिति: : 2020-08-28 13:33:47

प्रतिकृया दिनुहोस्