कोरियामा संक्रमण बढेपछि डाक्टरको छुट्टि रद्ध

दक्षिण कोरियामा कोरोना संक्रमण बढ्न थालेपछि सरकारले डाक्टरहरूको छुट्टि रद्ध गरेको छ। यहाँ २४ घण्टामा ४ सय ४१ भन्दा बढी संक्रमणको घटना देखिएका छन्।

सरकारले बढ्दो कोरोनाको प्रभावका बीच डाक्टरहरूको छुट्टि रद्ध गरेपनि उनीहरू तीन दिनको हडताल गर्ने मागमा अडिक छन्। 

सरकारले कोरोना संक्रमणको लागि विशेष रुपमा थप ४ हजार डाक्टरलाई तालिम दिने निर्णय गरेको थियो। सरकारको यो निर्णयको डाक्टरहरूले विरोध गरेका छन्। 

उनीहरूले कोरोनासँग लड्न पर्याप्त डाक्टर हुँदाहुँदै सरकारको यो निर्णयको आवश्यकता नरहेको दावी गरेका छन्। 

सरकारी निर्णयको केही समयअघि सबै डाक्टरहरूले विरोध गरेका थिए। यतिबेला २८ हजार डाक्टर बाटोमा निस्किएका थिए। जसमा राजधानी सिओलमा मात्र २० हजार डाक्टर सहभागी भएका थिए। कोरोनाका कारण कोरियामा ३ सय १३ जनाको निधन भएको छ।

प्रकाशित मिति: : 2020-08-28 12:23:46

प्रतिकृया दिनुहोस्