कोरोनाका कारण ६ महिनामा ५० फिल्म रोकियो

हलिउडपछि सबैभन्दा प्रभावशाली रहेको हिन्दी फिल्म बलिउड कोरोना भाइरसको महामारीका कारण नराम्रोसँग प्रभावित भएको छ। 

विगत ६ महिनादेखि सिनेमा हल बन्द हुँदा यससँग जोडिएका लाखौं मानिस प्रभावित भएका छन्। 

फिल्म निर्माता–निर्देशक मात्र होइन, वितरकको अवस्था पनि कमजोर बन्दै गइरहेको छ। ६ महिनादेखि ५० वटा हिन्दी फिल्म रिलिज हुनबाट रोकिएको विश्लेषक राज बंसलले बताएका छन्। 

उनका अनुसार हालसम्म १५०० करोडको नोक्सानी बलिउडले बेहोर्नु परिसकेको छ।

 सन् २०१९ मा बलिउडमा २ सय ५० फिल्म रिलिज भएको थियो भने ५६०० करोड रुपैयाँको व्यापार भएको थियो। 

२०१९ मा १०० करोडभन्दा बढी व्यापार गर्ने फिल्म १९ वटा थियो।

प्रकाशित मिति: : 2020-08-26 08:43:48

प्रतिकृया दिनुहोस्