भारतीय कामदारलाई माेटरसाइकलमा नेपाल भित्र्याउने एक जना नियन्त्रणमा

बारा प्रहरीले अबैधरुपमा भारतीय कामदार ओसारपसार गर्ने एक जनालाई नियन्त्रणमा लिएको छ।

विश्रामपुर गाउँपालिका ३ स्थित बड्की मुसहर्वा छट्घाट दशजगाबाट भारतीय कामदार भित्र्याउँदै गरेको अवस्थामा जितपुर सिमरा उपमहानगरपालिका १० घर भएका सुजिल यादवलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए।

उनका अनुसार ना ३ प २७९५ नम्बर रहेको निजी मोटरसाइकलमा भारतीयलाई भित्र्याउँदै गरेको अवस्थामा यादवलाई पक्राउ गरिएको हो। 

यादवले भारत कलकत्ता जिल्ला वापुरा लाल बजार घर भएका वर्ष ३५ का माधब कर्मकार, २३ वर्षीय रखल कर्मकार, २२ वर्षीय अमर कर्मकार र युपि जिलला समलि घर भएका २८ वर्षीय वेकिल मनसुरीलाई अबैधरुपमा नेपाल प्रवेश गराएको खुल्न आएको छ। 

उनीहरुलाई सबै हनुमान मेटल्स प्रालि नितनपुरमा कार्यरत रहेकाे प्रनाउ मिश्रले बताए।

उनका अनुसार यादव प्यानेटका सुपरभाइजर रहेको र कम्पनिका प्रशासन अधिकृत राजकुमार यादवले जागिरबाट हटाइदिने धम्की दिएर उनीहरुलाई लिन पठाएको खुलेको छ। 

प्रकाशित मिति: : 2020-08-22 19:42:22

प्रतिकृया दिनुहोस्