जेनिफरले अस्वीकार गरिन् ३ करोडको प्रस्ताव

भारतीय टेलिभिनकी लोकप्रिय कलाकार जेनिफर विङ्गेटले सलमान खानको चर्चित कार्यक्रम ‘बिग बोस’ को सिजन–१४ का लागि आएको ३ करोडको प्रस्ताव अस्वीकार गरेकी छिन्। 

उनलाई ‘बिग बोस’ को घरमा बस्न अहिलेसम्मकै सबैभन्दा ठूलो धनराषीको प्रस्ताव गरिएको थियो। यदी उनले यो प्रस्ताव स्विकार गरेको भए उनी ‘बिग बोस’ मा अहिलेसम्म सर्वाधिक पारिश्रमिक लिने कलाकार बन्ने थिइन्। 

यसअघि हलिउड कलाकार पामेला एन्डर्सनले तीन दिन घरमा बसेको अढाई करोड रुपैयाँ लिएकी थिइन्। भारतीय कलाकारमा सबैभन्दा बढी रश्मि देसाईले १ करोड ३० लाख लिएकी छिन्। 

विङ्गेट महाराष्ट्रका क्रिश्चियन बाबुकी छोरी हुन। उनको थरलाई लिएर प्रायः मानिसहरू झुक्किने गर्छन।

प्रकाशित मिति: : 2020-08-19 10:04:27

प्रतिकृया दिनुहोस्