ट्रम्प प्रशासनले इजरायललाई ‘वेष्ट बैंक’ माथि कब्जा गर्ने अभियान परित्याग गर्न तथा संयुक्त अरब इमिरेट्स (युएई) लाई इजरायलसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने वातावरण तयार पारेर ठूलो काम गरेको छ। इजरायल र युएईबीचको कूटनीतिक सम्बन्धले यो क्षेत्रमा रहेका सबै पक्षधरलाई प्रभावित पार्नेछ।
यसअघि यो क्षेत्रमा दुईवटा खेमा थियो। एउटा खेमा थियो–अमेरिकाको समर्थन गर्ने, संयुक्त इस्लामको पक्षधर तथा इजरायलसँग संघर्ष टुँग्याउनुपर्ने मान्यता राख्ने।
अर्को खेमा थियो– इरान समर्थक, अमेरिका विरोधी र इजरायलसँग संघर्ष गर्नुपर्ने।
इजरायल र युएईबीचको कूटनैतिक सम्बन्धपछि यी दुबै पक्षको एजेन्डा पछाडि परेको छ।
यसलाई भू–राजनैतिक भूइँचालो भन्दा फरक पर्दैन। यो किन सम्भव भयो? यो सम्झौंतालाई हामी सबैले बुझ्न जरुरी छ। ट्रम्पको यो शान्ति योजनाको नायक थिए, जेरेड कुसनर।
कुसनरले यसअघि पनि इजरायल र प्यालिस्टाइनबीच शान्ति स्थापना गर्ने निकै प्रयास गरेका थिए। उनको थ्योरी थियो, ‘वेष्ट बैंक’ मा इजरायललाई ३० प्रतिशत भू–भाग दिने तथा प्यालिस्टाइनलाई ७० प्रतिशत। उनको यो प्रस्तावलाई प्यालिस्टाइनले अस्विकार ग¥यो।
कुसनरको प्रस्तावको विषयमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले भनेका थिए, इजरायललाई प्रस्ताव गरिएको भू–भाग १ जुलाईसम्म कब्जा गर्ने मनसाय छ। तर, म प्यालिस्टाइनलाई ७० प्रतिशत भू–भाग सुम्पिने कुरामा सहमत छैन।
कुसनरको प्रस्ताव दुबै देशबाट पालना हुने छाँट देखिएन। इजिप्ट, जोर्डन, खाडी तथा अरब देशका अन्य प्रतिनिधिले एकपक्षीय रूपमा इजरायलले गर्ने कब्जा आफूहरूलाई मान्य नहुने स्पष्ट पारेका थिए।
इजरायलको आक्रामक व्यवहारप्रति लक्षित गर्दै कुसनरले मध्यपूर्वमा शान्ति कायम राख्न ट्रम्पलाई अग्रसरता देखाउन आग्रह गरेका थिए। पछिल्लो समय देशभित्र नेतन्याहूको जनाधार पनि कम हुँदै गइरहेको थियो। यसै कारण ट्रम्प, कुसनर, नेतन्याहू र इमिरेट्सका राजकुमार मोहम्मद बिन जायेद मिलेर अफ्ठेरो परिस्थितिलाई लाभमा परिवर्तन गर्ने निर्णय गरें।
वासिङ्टनका लागि पूर्व राजदूत इतामार राबिनोविच भन्छन्, ‘उनीहरूले वेष्ट बैंकमा इजरायली कब्जाको सट्टा युएईसँग शान्ति स्थापनाको प्रस्ताव राखें। यो शान्तिका लागि जमिनको प्रस्ताव नभई, शान्तिको लागि शान्तिको प्रस्ताव थियो।’
युएई लामो समयदेखि इजरायलसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने प्रयासमा थियो। तर, ‘वेष्ट बैंक’मा इजरायलको हस्तक्षेपको सम्भावनाले कुरा अगाडि बढिरहेको थिएन। इजरायलले ‘वेष्ट बैंक’मा हस्तक्षेप नगर्ने चर्चा बढेपछि मात्र शान्ति सम्झौंताको रुपरेखा तयार भएको हो। युएईको इजरायलसँगको सम्बन्धले प्यालिस्टाइनमा पनि केही सुखद परिणाम आउने सम्भावना देखिएको छ।
वास्तवमा नेतन्याहू आफूमाथि लागेको भ्रष्टाचारको आरोपबाट बाहिर निस्कन इजरायली कट्टरपन्थी शक्तिलाई खुसी पार्ने तयारीमा थिए। तर, युएईसँग सम्झौंता गरेर नेतन्याहूले ती सबै कट्टर विचारलाई परित्याग गरेका छन्।
नेतन्याहूको शान्तिको प्रयास अब मध्य तथा मध्यपूर्वका कट्टरपन्थीको व्यवहारमा निर्भर हुनेछ। युएईसँग भएको सम्झौंताले प्यालिस्टाइनको नेतृत्व गरिरहेका महमुद अब्बासलाई पनि कुराकानीका लागि बाटो खुलेको छ। यसअघि उनी धेरै कारणले चुपचाप थिए।
इजरायल तथा युएईबीचको शान्ति सम्झौंताले खाडीका अन्य देश बहराइन, ओमान, कतार, कुवेत र साउदी अरबलाई पनि प्रोत्साहित गर्नेछ। यी देशहरू पक्कै पनि सन्तुष्ट हुने छैनन्, युएईले मात्र आफ्नो वित्तिय राजधानीलाई इजरायलको साइबर प्रविधि, कृषिको उन्नत प्रविधि तथा स्वास्थ्य सेवामा प्रगति गरोस्।
इजरायल र युएईबीचको सम्झौंताले यतिबेला अन्य तीन जना पनि आफूलाई विजयी भएको ठानिरहेका छन्। जसमा सबैभन्दा अगाडि जोर्डनका राजा अब्दुल्ला पर्छन। उनलाई डर थियो, इजरायलले ‘वेष्ट बैंक’ कब्जा ग¥यो भने जोर्डनलाई प्यालिस्टाइन राज्यमा गाभ्ने प्रयास बलियो भएर जानेछ। उनको यो डर समाप्त भएको छ।
यस्तै, दोस्रोमा अमेरिकामा बसोबास गर्ने यहूदी समुदाय थिए। उनीहरूको डर थियो, यदी इजरायलले ‘वेष्ट बैंक’को केही भाग कब्जा गरेको खण्डमा अमेरिकामा यहूदी मन्दिर तथा समूदाय दुई भागमा विभाजन हुनेछन्।
तेस्रोमा जो वाइडेन थिए। यदी उनी आगामी अमेरिकी चुनाव जितेर राष्ट्रपति नियुक्त भएको खण्डमा उनले सुरु दिनदेखि नै अफ्ठेरोस्थितिको सामना गर्नुपथ्र्यो। यसले मध्यपूर्वको भू–राजनीतिकस्थितिलाई पनि परिवर्तन गर्ने थियो। इरान, इराकको नागरिक सेना हिजबुल्लाह, सिरियाका राष्ट्रपति बसर अल–असद, हमास, इस्लामी जिहाद, यमन र टर्की जस्ता देश अमेरिकाविरूद्धको अभियानमा एकजुट हुने सम्भावनालाई पनि नकार्न सकिन्न।
अहिलेसम्म युएईले इरान र इजरायलसँग सन्तुलन बनाइरहेको थियो। तर, यो सम्झौंतापछि इरानलाई युएईको सोझो जवाफ दिएको छ–‘इजरायल अब हाम्रो पक्षमा छ।’ उसले ‘भविष्यका लागि विगतलाई बिर्सिएको’ सन्देश पनि दिएको छ।
इजरायलसँगको सम्झौंताले युएई अब अरब राष्ट्रको ‘लिडर’ बन्ने अभियानमा अगाडि बढेको छ।
(फ्रिडम्यान तीन पल्टको पुलित्जर अवार्ड विजेता हुन्। उनी ‘द न्युयोर्क टाइम्स’ का नियमित स्तम्भकार हुन्।)