बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा नेपोटिज्मको मुद्दा धेरैपटक आइसकेको छ। यो मुद्दा उठ्ने बित्तिकै बलिउडका केही सेलिब्रेटीलाई लगातार लक्षित गरिएको छ।
यस सूचीमा करण जोहर, महेश भट्ट र जावेद अख्तर जस्ता धेरै नाम चलेका निर्माताहरु समावेश छन्। यही समयमा महेश भट्टलाई पनि निशाना बनाइएको छ किनकि उनी रिया चक्रवर्तीको नजिक मानिन्छन्।
यसैबीच, महेशका नजिकका साथी अभिनेता अनुपम खेरले यसबारे प्रतिक्रिया व्यक्त गरेका छन्।
एउटा समाचार पोर्टललाई दिएका अन्तर्वार्तामा अनुपमले भने ‘केही प्रमाणित नभएसम्म केही बोल्ने छैन। म महेशलाई धन्यवाद दिन चहान्छु, उनले मेरो लागि पर्याप्त काम गरे। जबसम्म उनी म भएको ठाउँमा आएर यसबारे मसँग बोल्छन्, वा केहि प्रमाणित नभएसम्म म उनीहलाई बेनिफिट अफ डाउट दिन चाहन्छु। म अन्धो होइन, तर अब केही भन्दिन। मेरो परिवारले मलाई कहिल्यै ती हातहरू काट्नको लागि सिकाएन, जसले मलाई समर्थन गर्दछ।’