सुशान्त राजपूत प्रकरणमा नयाँ मोड, ‘स्टन गन’ प्रयोग गरेर मारिएको दावी

युवा अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरण झन् रहस्यमय बन्दै गइरहेको छ। 

एकजना सोसल मिडिया प्रयोगकर्ताले सुशान्तको हत्या ‘स्टन गन’ बाट भएको नयाँ तथ्य अगाडि सारेपछि पुरै भारत आश्चर्यमा परेको छ।  

अन्तराष्ट्रिय जासुसहरूले कुनै गोप्य योजनामा प्रयोग गर्ने ‘स्टन गन’ को कुरा सोसल मिडियामा भाइरल बनेपछि भारतीय जनता पार्टीका चर्चित नेता सुब्रमण्यम स्वामीले राष्ट्रिय सुरक्षा एजेन्सी (एनआईए) लाई सुशान्त आत्महत्या प्रकरणको छानवीन गर्न आग्रह गरेका छन्। 

भारतीय सिनेमामा यसअघि पनि थुप्रै कलाकारको हत्या भएको छ। तर, यो पहिलो घटना हो, कुनै कलाकारको आत्महत्या प्रकरणमा सीबीआई अनुसन्धान हुन लागेको। यसमा पनि ‘स्टन गन’ को कुरा अगाडि आएपछि एनआईए छानवीनको कुरा उठ्न थालेको। 

सुशान्तको आत्महत्या प्रकरणको छानवीन सीबीआईले गर्दैछ। सोसल मिडिया प्रयोकर्ताले सुशान्तको आत्महत्या प्रकरणमा लेखेका छन्, ‘मैले स्टन गनको विषयमा धेरै अध्ययन गरेको छु। सुशान्तको गर्दनमा जुन प्वाँलको निसान देखिएको छ, यो उनलाई प्यारालाइज्ड गर्न स्टन गनको प्रयोग गरिएको हो।’ 

सुब्रमण्यम स्वामीले एनआईएको छानवीनको माग गर्दै लेखेका छन्, ‘के यो गन अरब सागरको सीमा नजिकैको देशबाट पठाइएको थियो? एनआईएले यसको छानवीन गरोस्।’

‘स्टन गन’ को कुरा अमेरिकामा बसोबास गर्ने डाक्टर राजु बाधवाले गरेका हुन्। उनले सुशान्त मुद्धामा ‘स्टन गन’ प्रयोग भएको दावी गरेका थिए। उनले सुशान्तको गर्दनको देब्रेपट्टी देखिएको निशानले यसको पुष्टी हुने बताएका थिए। 

उनले लेखेका छन्, ‘अमेरिकामा एकजना नेभी सिल कमाण्डरलाई मार्न यसको प्रयोग भएको थियो। यो मुद्धामा पनि सबैले आत्महत्या भनेका थिए। तर, फोरेन्सिक जाँच अधिकारीले हत्या भएको पत्ता लगाएका थिए।’

प्रकाशित मिति: : 2020-08-13 08:57:58

प्रतिकृया दिनुहोस्