पर्साकाे सबैठवामा सशस्त्र प्रहरी र स्थानीयबीच झडप

संकेतिक तस्वीर

पर्सा सशस्त्र प्रहरी र स्थानीयबीच झडप भएको छ। 

पकहामैनपुर गाउँपलिका ५ सबैठवा झडप भएको हो। झडपमा एक सशस्त्र प्रहरी र एक स्थानीय घाइते भएका छन्।

 स्थानीय २२ वर्षीय त्यागी चौरसिया आफ्नो खेतमा बिहान जाँदैगर्दा  प्रहरीले रोकेर लाठी प्रहार गरेपछि घाइते भएका थिए। 

सो कुराको जानकारी पाएलगत्तै सयौँको सख्यामा गाउँवासी विरोधमा उत्रेपछि झडप भएको हो। 

झडपमा भिस्वा सबैठवा सडकखण्ड अन्तर्गत बनाइएको पोष्टलाई स्थानीयवासीले भत्काएका छन्। सोही क्रममा स्थाीयले ढुङ्गामुढा प्रहार गर्दा असई श्याम साह रौनियार सामान्य घाइते भएका छन्। 

स्थिति तनावग्रस्त हुँदै गएपछि सशस्त्र प्रहरीको जिल्लाको टोलि, अमरपटी, पकहामैनपुर बेसक्याम्प लगायतका प्रहरी सबैठवाको पुगेपछि स्थिति सामान्य भएको थियो।
 

प्रकाशित मिति: : 2020-08-10 16:02:27

प्रतिकृया दिनुहोस्