र्‍यापर बादशाहमाथि सोसल मिडियामा ‘फेक फलोअर्स’ बढाउन ७५ लाख खर्चेको आरोप

भारतका चर्चित र्‍यापर बादशाह सोसल मिडियाको विवादमा फसेका छन्। उनीमाथि सोसल मिडियामा फेक फलोअर्स र लाइक बढाउन ७५ लाख रुपैयाँ खर्चिएको आरोप लागेको छ। 

मुम्बई प्रहरीको हालैको छानवीनमा यो तथ्य बाहिर आएको हो। तर, बादशाहले आफूमाथि लागेको आरोपको खण्डन गरेका छन्। प्रहरीले बादशाहलगायत २० अन्य ठूला व्यक्तिको सोसल मिडियाको पनि छानवीन गरिरहेको छ। 

आफूमाथि आरोप लागेपछि बादशाहले भने, ‘मैले छानवीनमा मुम्बई प्रहरीलाई पूर्ण सहयोग गरे। सम्पूर्ण जानकारी पनि उपलब्ध गराएको छु। तर, ममाथि लगाइएको आरोप सत्य होइन। म यस्तो गतिविधिमा संलग्न छैन।’

मुम्बई प्रहरीले युट्युबमा भ्युअरशीपको नयाँ कीर्तिमान बनाउने लोभमा बादशाहले ७५ लाख खर्चेर ‘फेक फलोअर्स’ र ‘लाइक’ जुटाएको बताएको छ। उनी २४ घण्टाभित्र म्युजिक भिडियोमा सबैभन्दा बढी ‘भ्यूज’ बटुलेर नयाँ विश्व कीर्तिमान बनाउने अभियानमा रहेको प्रहरीको आरोप छ। 

सोसल मिडियामा ‘फेक फलोअर्स’ को मुद्धा लिएर सबैभन्दा पहिले भूमि त्रिवेदी मुम्बई प्रहरी कहाँ पुगेकी थिइन। भूमि इन्डियन आइडलकी प्रतिस्पर्धी पनि हुन्। 

प्रहरी अहिले १ सय ७० जनाको सोसल मिडिया अकाउण्टको अध्ययन गरिरहेको छ। प्रहरीको रिपोर्टमा ‘फेक फलोअर्स’ बढाउन ५४ वटा फर्महरू सक्रिय रहेको तथ्य उजागर भएको छ।

प्रकाशित मिति: : 2020-08-09 15:14:37

प्रतिकृया दिनुहोस्