देवताल गाउँपालिकाका ४४ जनप्रतिनिधि काेराेना संक्रमण मुक्त

बाराको देवताल गाउँपालिकाका ४६ कोरोना संक्रमित जनप्रतिनिधि मध्ये ४४ जना संक्रमण मुक्त भएका छन्।

बाँकी १ जना जनप्रतिनिधिको पुनः परीक्षण भइरहेको र अर्का एक १ जनाको  नतिजा पोजेटिभ नै आएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ। 

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको क्रममा गत साउन ४ गते देवताल गाउँपालिकाका ११ महिलासहित ४६ जनामा संक्रमण पुष्टि भएको थियो।

एकसाथ ४६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै साउन ५ गतेदेखि जिल्ला प्रशासन कार्यालय बाराले स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ को ३ तथा संक्रमण रोग नियन्त्रण ऐन २०२० को दफा २ बमोजिम देवताल गाउँपालिकामा भित्र निषेधाज्ञा जारी गरेको थियो। 

तर, बिहीबारको ४४ जना जनप्रतिनिधि संक्रमण मुक्त भएसँगै गाउँपालिकामा लगाइएको निषेधाज्ञा भने यहि श्रावण १८ गते आइतबारदेखि अन्त्य गरिने प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले बताए। 

कोरोना भाइरसको संक्रमण बढदै गएपछि देवताल गाउँपालिकाको कार्यालय तथा वडा कार्यालयहरुबाट प्रदान गरिने सम्पूर्ण सेवा तथा हाट बजार पूर्ण रुपमा बन्द हुँदा सेवाग्राहि तथा स्थानिय वासिन्दा प्रभावित भएका थिए।

प्रकाशित मिति: : 2020-07-31 07:55:34

प्रतिकृया दिनुहोस्