शनिबार, १२ जुलाई २०२५

खोजें

बिएल संवाददाता

बिएल संवाददाता

मणिपुर
2020-07-25 14:27:13
News Image
• • •

मैलेत सम्झनामा
सागरको छल्कने तरंग भित्र
तिम्रो आँखाको गहराई खोजें।

जहिले पश्चिमे हावाले
वृक्षहरूको लता वल्लरी हल्लाउँदा
तिम्रो चिसो केशका लट्टाहरू खोजें।

झरना र कोइलीको
गीतमा मन रमाउँदा तिम्रै 
मिठो बोली आँखा चिम्लेर सुन्न खोजें।

झर- झर झरिले कुटिएर
 माटो  मग- मगाउँदा
त्यो बास्नामा पनि तिम्रै सुगन्ध खोजें।

दिनको तातो घामले
पोल्दा पनि त्यो जलन भित्र
बिछोडमा मन पोलेको दुःख खोजें।

त्यो डाँडाका टाकुरा माथि
बन्दुक बोकी मार्ने सूचनामा पनि
तिम्रै धुनमा लडन खोजें
तिम्रै मुहार हेर्न खोजें
तिम्रै प्रेममा मर्न खोजें।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?