सन्दिपदेखि रोनाल्डोका फ्यान (भिडियो)

लकडाउनमा बालबालिका–३

भारतमा अरुभन्दा बढी केही बिक्छ भने त्यो क्रिकेट हो। यो खेल भनेपछि भारतीयहरु मरिहत्ते गर्छन्। ‘क्रिकेट पागलहरुको देश’ भनेर भारतलाई चिन्ने गरिन्छ। महेन्द्रसिंह धोनी, विराट कोहली र सचिन तेण्डुलकर लगायत भारतीय क्रिकेटका हस्ती हुन्। 

उसो त नेपालमा पनि क्रिकेट मन पराउनेहरु धेरै छन्। क्रिकेट भन्न वित्तिकै पारस खड्का र सन्दिप लामिछानेको नाम अगाडि आउँछ। नेपालको राष्ट्रिय क्रिकेट टिममा जुनियर सदस्य भएर पनि सन्दिपको लोकप्रियता लोभ लाग्दो छ। छोटो समयमै नेपाली क्रिकेट टिमका चर्चित तथा महत्वपूर्ण खेलाडी बन्न सफल सन्दिप लामिछानेले आफ्नो प्रदर्शन र बलिंगको मद्धतले नेपालको नाम थुप्रैपटक उँचो पारिसकेका छन्। 

सानै उमेरमा चर्चाको शिखरमा पुग्न सफल सन्दिपले धेरै फ्यानहरु कमाएका छन्। विश्वकै धनी क्रिकेट लिग इन्डियन प्रिमियर लिग आईपीएल देखि क्यारेवियन लिग खेलिसकेका सन्दिप सधै चर्चाको शिखरमा रहन्छन्। १९ वर्षीय लेगस्पिनर उनै सन्दिपका  फ्यान हुन्, बाँकेको कोहलपुर–११ का अस्मित शाही। 

टेलिभिजनमा लामिछानेको खेल हेरेरै क्रिकेट खेल्न सुरु गरेका उनी एक क्रिकेटप्रेमी समेत हुन्। बागेश्वरी एकेडेमीमा अध्ययनरत १३ वर्षीय अस्मित भविष्यमा राम्रो क्रिकेटर बन्न चाहन्छन्। उनी ‘कोहलपुर क्रिकेट एकेडेमी’मा समेत आवद्ध छन्। यो बाँकेको चर्चित त्रिकेट क्लब हो। अहिलेसम्म उनले जिल्ला तथा क्षेत्रीय प्रतियोगितामा समेत सहभागिता जनाइसकेका छन्। जिल्लामा थुप्रै प्रतियोगिता खेलि सकेका उनले गत वर्ष प्रदेश ५ स्तरीय मनमोहन कप खेलेका थिए। लामिछाने जस्तै शाही पनि बलर/स्पिनिरको भूमिका छन्।

आफू सन्दिप छामिछानेको खेलबाट प्रभावित भएको उनले बताए। ‘पहिला क्रिकेट बारे खासै थाहा थिएन। विद्यालयमा अलिअलि फुटबल खेल्थे। अहिले भने क्रिकेट नै मनपर्छ।’ साउन २ गते कोहलपुरको क्रिकेट मैदानमा क्रिेकट खेलिरहेको अवस्थामा भेटिएका उनले भने। उनका अनुसार कोरोनाका कारण भएको लकडाउनले थप कुरा सिक्न मद्धत गरेको छ।  दैनिक ४ देखि ५ घण्टा क्रिकेट बारे प्रशिक्षण लिने गरेको उनको भनाई छ। 

विद्यालय नखुलेका कारण युटुबमा समेत देश तथा विदेशका खेल हेर्ने काम भइरहेको छ। आफू भन्दा साना उमेरलाई समेत क्रिकेट खेल्न प्रेरित गराइरहेका छन्। त्यहाँ ब्याट उचाल्न समेत नसक्ने अवस्थाका बच्चा क्रिकेट खेलिरहेका थिए। मरिमरि बल ब्याटिङ गरिरहेका साथीसम्म पुर्‍याउँथे। 

त्यहाँ कुनै क्रिकेटको नियम थिएन। बस, उनीहरुको रहर थियो। बालापन रमाइरहेको थियो। उनीहरु विगत एक महिनादेखि यही मैदानमा आउँने गर्छन्। त्यो दिन उनी सात वर्ष देखि आफ्नै उमेरकालाई ब्याटिङ र बलिङका विषयमा सिकाइरहेका थिए। उनी भन्छन्, ‘लकडाउनले खेलबारे थप सिक्नको लागि फाइदा भइरहेको छ। आफूले सिकेका कुराहरु अरुलाई सिकाउन पनि पाएको छु।’

आफूलाई मनपर्ने खेलका विषयमा थप सिक्ने र जान्ने मौका पाएकोमा उनी खुसी छन् भने पढाई रोकिएको चिन्तित पनि छन्। उनलाई परिवारमा आमा बुबाको राम्रो साथ छ। 

उनी सँगै भेटिएका थिए, कोहलपुर कै विपिन सिंजाली मगर। शाही र मगर जिग्री साथी हुन्। तर उनीहरुका इच्छा र चाहना भने फरक–फरक छन्। अस्मित क्रिकेटका फ्यान। विपिन फुटबलका। क्रिस्टियनो रोनाल्डो उनका मनपर्ने खेलाडि हुन्। तर यसले उनीहरुको सम्बन्धमा कुनै फरक पारेको छैन। अर्का अर्काको अस्तित्व स्वीकार गरेका छन्। उनीहरुको मित्रता फरक खेलको फ्यान भएका कारण भत्किएको छैन। 

विपिन भन्छन्, ‘अस्मित मिल्ने साथी हो। राम्रो क्रिकेट खेल्छ। म उसको साथी मात्रै होइन खेलको प्रशंसक पनि हुँ।’ यसमा अस्मितको जवाफ पनि उस्तै छ। बालज्योति इंलिस मेडियम स्कूलमा अध्ययन गर्ने विद्यालयको फुटबल टिमका क्याप्टेन हुन्। उनले अहिलेसम्म नगरस्तरीय प्रतियोगितामा धेरैपटक सहभागिता जनाइसकेका छन्। 

एकपटक उत्कृष्ट खेलाडि, तथा उत्कृष्ट फरवार्डको उपाधि जित्न सफल मगर यस्ता कुराले फुटबल खेल्न प्रेरणा मिलेको बताउँछन। रोनाल्डोको खेलप्रेम त छदैछ। उनका अनुसार फुटबल नसा नसामा बगेको छ। रोनाल्डोको रन र बल क्यारी, सुट र बढी गोल गर्न सक्ने क्षमता मन पर्ने बताए। 

रोनाल्डोका केही मन नपर्ने पक्ष केही छन् की? भन्ने प्रश्नमा उनको जवाफ थियो, मनपर्ने मान्छेको केही नराम्रो भन्ने पनि हुन्छ र? विश्वको समकालिन फुटबलका उम्दा खेलाडि रोनाल्डोका डाई हर्ट फ्यानका रुपमा आफूलाई चिनाउनुमा नै गर्व अनुभूति गर्छन्। विश्वमा सबै भन्दा बढी हेरिने फुलबल र खेलिने क्रिकेट खेल। तर यी दुबै खेलका फरक फ्यानहरु जो सुनौलो भविष्यको खोजीमा छन्।

 

 लकडाउनमा बालिबालिका –१  - जोया अर्थात जलारी (भिडियाे)
 लकडाउनमा बालिबालिका –२   पढ्ने खर्च जुटाउन माछा मार्ने रमेश
प्रकाशित मिति: : 2020-07-21 18:03:00

प्रतिकृया दिनुहोस्