अनुष्टुप छन्दमा कविता

टेकनारायण रिमाल ‘कौशिक’

याङ्गौँ, म्यान्मा(बर्मा)

अखिल म्यान्मा देशीय गोर्खा हिन्दू धार्मिक संघको अठारौँ महासभा,याँगौँ

अ- अ.म्या.दे.गो.हि.धा.सं.को अठारऔँ महासभा 

खि-खिचातानी नभै सिद्ध भै दिव्य चम्कियो प्रभा

ल- लड्ने प्रवृत्ति सिद्धेछ योभन्दा अरु के खुशी

म्या-म्यान्माली सभ्य नेपाली गोर्खाली जाति हुन् सुखी

मा- माला सुन्दर पारेर एउटै सूत्रमा उनी

दे- देश विदेशका सारा आफ्ना फूलहरू चुनी 

शी-शीतल वरझैँ छायाँ उच्च निकायका तल

य- यदि आश्रय लिन्छौँ ता जिन्दगी बन्छ उज्ज्वल

गो-गोर्खाली टुहुरा छैनौँ हाम्रो स्वामी छ जाँगर

र-  रक्तमा वीरता बग्छ रक्षामा नित्य तत्पर

खा-खालि आपसमा प्रेम सद्भाव खूब ल्याइयोस्

हिं-हिंसा, काया र वाचाले मनले सम्म त्यागियोस्

दू- दूरदर्शी थिए पूर्खा र त हाम्रो छ अस्मिता

धा-धार्मिकी सभ्य संस्कारी हुन्थ्यौँ कसरी नत्र ता?

र- रचनात्मक यो संघ बनाऊँ हामिले अझ

मि-मिलेर मात्र यो हुन्छ भनेर सबले बुझ

क- कसैले तोड्न सक्तैन एकजुट भयौँ भने

सं- संघलाई मुटूभित्र सजाएर हिँड्यौँ भने

घ- घर हाम्रो छ यो निजी लगाऊँ यसमा कला

को-कोशिसले सबै हुन्छ थप्दै जाऊँ तला तला

अ- अस्त व्यस्त नहोस् बन्धू सहयोग गरौँ अनि

ठा- ठानौँ मेरो पनि पूरा जिम्मेबारी छ है भनी

रौँ- रौँ ठडिने गरी सारा विश्वको, काम गर्नु छ

म- मरिन्छ मर्न ता, केही गरेर मात्र मर्नु छ

हा-'हाम्रो'को भाव राखेर 'मेरो'को स्वार्थ छोड्दिनू

स- सत्यको मार्गमा विघ्न हाल्ने विषय तोड्दिनू

भा-भारी उत्साहका साथ उर्लिई जन-सागर

ले- लेख्यो भविष्यको भाग्य,हेर्न बाँकी छ त्यो तर।

ज्ञातव्य- यस सङ्घको नाम परिवर्तन गरिएको छ।

-कौशिक

प्रकाशित मिति: : 2020-07-18 13:30:00

प्रतिकृया दिनुहोस्