काँचो दुध शरीरको लागि निकै लाभदायक मानिन्छ। तर, यदी गाईको थुनबाट दुध निकाल्दै गर्दा सरसफाईमा पूर्ण ध्यान पुगेन भने यसबाट ठूलो जोखिम उठाउनु पर्ने हुन सक्छ।
नेपालमा मुख्यत गाई र भैसीबाट दुध उत्पादन गर्ने गरिन्छ। केही मात्रामा बाख्रीको दुध नहुने होइन। मुख्यतः यी पशुबाट निकालिने दुध मानव शरीरका लागि पोषणयुक्त मानिन्छ। तर, यी केही अवस्थामा निकै हानिकारक पनि बन्ने गर्छन।
जस्तो कि पशु बिरामी भएको अवस्थामा। पशु बिरामी भएको अवस्थामा दुध खानु जोखिम मानिन्छ।
कुनै कारण दुध पशुको मलको सम्पर्कमा पुग्यो भने यो निकै हानिकारक बन्न पुग्छ। यस्तै, थुनबाट दुध निकाल्ने क्रममा सावधानी अपनाउन सकिएन भने पनि त्यो जोखिमयुक्त हुन्छ।
स्वास्थ्य विश्लेषकहरु काँचो दुध पिउँदा कुनै प्रकारको स्वास्थ्य समस्या नहुने बताउँछन् तर यसका लागि दुध दिने पशुको स्वास्थ्य तथा दुध निकाल्दा हाइजिनमा पूर्ण ध्यान दिनुपर्ने औल्याउँछन्।
यी दुई अवस्थामा सम्झौता गरिएको खण्डमा दुध किटाणुबाट दुर्षित हुने सम्भावना बढेर जाने गर्छ। यसले गर्दा मानिस बिरामी पर्ने सम्भावना लगभग तय छ।
संक्रमित भएको काँचो दुध पिउने व्यक्तिको पेटको तल्लो भाग तीब्र गतिमा दुख्ने गर्छ। पखाला र उल्टी जस्ता थुप्रै समस्या आउने पनि गर्छ। यो समस्या दिनहुँ बढेको खण्डमा मानिसको ज्यान जाने खतरा पनि बढेर जान्छ।
कुनै व्यक्तिले लामो समय संक्रमित दुध सेवन गरेको छ भने उसलाई प्यारालाइसिस हुने सम्भावना पनि उत्तिकै हुन्छ।
यस्तै, मानिसमा ब्रुसेलोसिस जस्तो बिरामी देखापर्ने सम्भावना बढेर जान्छ। ब्रुसेलोसिसको लक्षण स्वाइन फ्लू जस्तै हुन्छ। संक्रमित पशुको दुध र मासु खाँदा यो मानव शरीरमा फैलिने गर्छ। यसका बिरामीहरुलाई चिसो लाग्ने र शरीरको तापक्रम चिसो हुने गर्छ।
ब्रुसेलोसिस हुने व्यक्तिले कमजोरी महसुस गर्छन, थकाई लागेको अनुभव हुने गर्छ। अचानक टाउको घुमाउन थाल्नु र बेहोस हुनु पनि यसको लक्षणभित्र पर्छ। ढाडमा पनि तीब्र दुःखाई हुन्छ। घुँडा, पेट तथा टाउको दुःख्ने समस्याले मानिस ग्रसित हुन्छ। खाना खान मन लाग्दैन। तौल विस्तारै घट्न थाल्छ।
यस्तो अवस्थामा सरसफाईमा निकै ध्यान दिनुपर्ने हुन्छ। बजारबाट खरिद गरेको दुधलाई तताएर पिएको सबैभन्दा उत्तम मानिन्छ।