नेकपा स्थायी समितिको बैठक असार १६ गतेसम्मका लागि स्थगित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काे स्थायी समितिको बैठक आगामी असार १६ गतेसम्मका लागि स्थगित भएको छ। 

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक असार १६ गते बस्ने गरी स्थगित भएको जानकारी दिए। उनका अनुसार भोलि मदन स्मृति दिवस र सोमबार १५ असार अर्थात दही चिउरा खाने दिन परेकाले दुई दिन बैठक नराखेर १६ गतेका लागि सारिएको हो।

शनिबारको बैठक भारतसँगको सीमा विवादको विषयमा केन्द्रीत रहेकाे पनि प्रवक्ता श्रेष्ठले बताए । बैठकमा स्थायी समिति सदस्यहरु देवेन्द्र पौडेल, रघुजी पन्त, सु्रेन्द्र पाण्डे, सुवास नेम्वाङ, जनार्दन शर्मा, गिरीराजमणि पोखरेल, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, युवराज ज्ञवाली, लेखराज भट्ट, प्रदीप ज्ञवाली, मणि थापा, धनश्याम भुसाल, बामदेव गौतम, इश्वर पोखरेलसहित २१ जनाले धारणा राखेका छन्। 

आजको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली केहीबेर सहभागी भएपनि स्वास्थ्यको कारण देखाउँदै हिँडेको श्रेष्ठले जानकारी दिए। यसअघि शुक्रबारको बैठकमा पनि ओली सहभागी भएका थिएनन्। 

प्रकाशित मिति: : 2020-06-27 18:15:21

प्रतिकृया दिनुहोस्