भक्तपुरमा दिउँसै लुटपाट गर्ने दुई जना पक्राउ

निरज बाडे

भक्तपुर

भक्तपुरमा दिउँसै लुटपाट गर्ने दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्ने सिन्धुपाल्चोक बन्जेमानेका ३१ वर्षीय बिशाल तामाङ र चौतारा नगरपालिका-२ स्याउले घर भएका ४८ वर्षीय मंगल तामाङ छन्। 

महानगरीय प्रहरी परिसरका प्रवक्ता दीपक गिरीका अनुसार उनीहरु शुक्रबार दिउँसो साढे १ बजे चाँगुनरायण नगरपालिका ४ छाप बस्ने ४५ वर्षीया पार्वती गुरूङ चिहानडाँडा जंगलमा घाँस काट्न गएकाे बेला कानमा लगाएको सुनको रिङ तानेर भागेका थिए।

उनीहरूलाई पक्रन महानगरीय प्रहरी प्रभाग चाँगुनारायण, खरिपाटी, नगरकोट र स्थानीयवासीको सहयोग थियो।

प्रहरीले उनीहरूबाट सुनको रिङ एक जोर र खुकुरी समेत बरामद गरेको छ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2020-06-26 19:23:52

प्रतिकृया दिनुहोस्