५० हजार घुससहित प्रहरी निरीक्षक र कानुन व्यवसायी पक्राउ

जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत एक प्रहरी निरीक्षक र कानुन व्यवसायी घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयले जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरिक्षक प्रकाशसिंह कार्की र कानुन व्यवसायी हिमालय विक्रम विष्टलाई ५० हजार  घुससहित पक्राउ गरेको जानकारी दिएको छ।

अख्तियारले कानुन व्यवसायी विष्टको कार्यालयमा छापा हानेको थियो। सोही क्रममा दुवै जनालाई  घुससहित रंगेहात पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए। 

उनीहरुले जबर्जस्तीकरणी र सार्वजनिक हित विरुद्धको दुई वटा मुद्धा मिलाइदिन्छु भन्दै ५० हजार घुस लिएको अख्तियारको आरोप छ।

प्रकाशित मिति: : 2020-06-25 22:23:19

प्रतिकृया दिनुहोस्