आज राति देशका सबै ठाउँमा वर्षा हुने, सतर्कता अपनाउन आग्रह

मौसम पूर्वानुमान महाशाखाले बिहीबार राति देशका सबै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने जनाएको छ।

नेपालमा मनसुन सक्रिय रहेको र मनसुन न्यून चापीय रेखा नेपाल नजिक रहेकोले देशका धेरै ठाउँमा वर्षा भइरहेको महाशाखाले जनाएको छ। 

आज राति प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश गण्डकी प्रदेश र प्रदेश ५ का केही ठाउँमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने भएकोले थप सजगता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

महाशाखाले आउँदाे शनिबारसम्म नै देशभर बादल लागेर धेरै ठाउँमा सामान्यदेखि मध्यम र केही ठाउँमा भारी वर्षा हुने भएकोले बाढी, पहिरो, डुबान, चट्याङलगायतका प्रकोपबाट बच्न सावधानी अपनाउन आग्रह गरेको हाे। 

प्रकाशित मिति: : 2020-06-25 21:56:58

प्रतिकृया दिनुहोस्