भारतकाे बिहार र यूपीमा चट्याङ लागेर १०७ जनाकाे मृत्यु

भारतकाे बिहार र उत्तर प्रदेश (यूपी)मा चट्याङ लागेर १०७ जनाकाे मृत्यु भएकाे छ।

भारतकाे आपत्कालीन प्रबन्धन विभागकाे अनुसार बिहीबार साँझ साढे ६ बजेकाे समयमा परेकाे चट्याङ लागेर बिहारमा ८३ र यूपीमा २४ जानकाे मृत्यु भएकाे हाे। 

बिहारकाे गोपालगञ्जमा १३, मधुबनी र नवादामा ८/८ जनाकाे मृत्यु भएकाे छ।  यता लिखेसीवान र भागलपुरमा ६/६ जनाकाे मृत्यु भएकाे छ भने पूर्वी चम्पारण दरभंगा र बांकामा ५/५ जनाले ज्यान गुमाएका छन्। 

यस्तै औरंगाबाद र खगडियामा ३/३ जाकाे मृत्यु भएकाे छ।  यता किशनगञ्ज, पश्चिम चम्पारण जहानाबाद सीतामढी, जमुई, पूर्णिया, सुपौल, कैमूर र बक्सरमा २/२ जानकाे मृत्यु भएकाे छ।

समस्तीपुर, शिवहर, सारण र मधेपुरामा एक/एक जनाकाे मृत्यु भएकाे छ।

मौसम विभागले बिहीबार र शुक्रबार मुसलधारे बर्षा,बाढी र चट्याङ आउनसक्ने भन्दै सचेत गराएकाे दाबी गरेकाे छ।
 

प्रकाशित मिति: : 2020-06-25 21:21:59

प्रतिकृया दिनुहोस्