नवजात शिशु मृत अवस्थामा फेला

भरतपुर महानगरपालिका–२९ को १७ किलोमा एक नवजात शिशु मृत अवस्थामा भेटिएको छ । 

सालनालसहित बेरिएको अवस्थामा आज शिशु भेटिएको र शिशुको शव परीक्षण गर्न  भरतपुर अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए ।

बाटोको छेउमा शिशु भेटिएपछि प्रहरीलाई खबर आएको र शिशु कसले फालेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए । 

प्रकाशित मिति: : 2020-06-25 19:09:49

प्रतिकृया दिनुहोस्