गौतम बुद्धले देहत्याग गरेको कुशीनगर एयरपोर्टलाई ‘अन्तर्राष्ट्रिय एयरपोर्ट’ घोषणा

भारतले कुशीनगरस्थित एयरपोर्टलाई ‘अन्तर्राष्ट्रिय एयरपोर्ट’ घोषणा गरेको छ। 

भारतको केन्द्रीय सरकारले बुद्ध धर्मालम्बीहरुको बाहुल्य रहेको कुशिनगरमा धार्मिक पर्यटन प्रवर्द्धनका लागि भन्दै कुशीनगर एयरपोर्टलाई स्तरोन्नती गरेर अन्तर्राष्ट्रिय एयरपोर्ट घोषणा गरेको हो।

नेपालले गौतम बुद्धको जन्मभूमी लुम्बनीको पर्यटकीय प्रवर्द्धनका लागि निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको तयारी लम्बिरहेका बेला त्यहाँबाट केही सय किलोमिटरको दूरीमा रहेको कुशीनगरलाई भारतले २९ औँ अन्तर्राष्ट्रिय एयरपोर्टको रूपमा घोषणा गरेको छ।

कुशीनगर गौतमबुद्धले महापरिनिर्माण (देहत्याग) गरेको ठाउँ हो। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेश, पर्यटन र भगवान बुद्धको महान विचारबाट प्रेरित भएकाहरूको लागि खुसीको खबर भन्दै कुशीनगर एयरपोर्ट अब अन्तर्राष्ट्रिय एयरपोर्ट भएको बताएका छन्। उनले यसबाट  पर्यटक र तीर्थयात्रीको संख्यामा उल्लेख्य सुधार हुने आशा राखेका छन्।

Great news for Uttar Pradesh, tourism and those inspired by the noble thoughts of Lord Buddha!

Kushinagar Airport will now be an international airport. Connectivity will improve significantly. More tourists and pilgrims will also mean better opportunities for local population.

— Narendra Modi (@narendramodi) June 24, 2020

भारतको केन्द्रीय नागरिक उड्डयन मन्त्री हर्दिपसिंह पुरीले लामो समयदेखिको  तीर्थयात्री र पर्यटकको मागलाई सम्बोधन गर्दै कुशीनगर एयरपोर्टलाई अन्तर्राष्ट्रिय एयरपोर्ट घोषणा गरिएको बताएका छन्।

उत्तर प्रदेशस्थित कुशीनगर एयरपोर्ट गोरखपुर एयरपोर्टबाट ५२ किलोमिटर पूर्वमा पर्छ।

प्रकाशित मिति: : 2020-06-25 17:15:41

प्रतिकृया दिनुहोस्