उपत्यकाका तीनै जिल्लामा थपिए ९ जना कोरोना संक्रमित

काठमाडौं र भक्तपुरमा चार-चार जना, ललितपुरमा एक जना

काठमाडौं उपत्यकामा बिहिबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

पाटन अस्पताल प्रयोगशालामा भएको परीक्षणबाट आज काठमाडौंका ४ र ललितपुरका एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

त्यस्तै त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका ४ जनामा पनि संक्रमण पुष्टि भएको छ।  

देशभर पछिल्लो २४ घन्टामा ४ सय ३४ जनामा संक्रमण पुष्टि भएको छ। नेपालमा हालसम्म कुल ११ हजार १ सय ६२ जना संक्रमण पुष्टि भएको छ। 

त्यस्तै पछिल्लो २४ घण्टामा ३ सय १२ जना डिस्चार्ज भएका छन्। योसहित नेपालमा हालसम्म २ हजार ६ सय ५० जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। 

गत २४ घण्टामा दुई जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हनुेको संख्या २६ पुगेको छ।

प्रकाशित मिति: : 2020-06-25 16:53:40

प्रतिकृया दिनुहोस्