सेनेगलका राष्ट्रपति पनि क्वारेन्टाइनमा

कोरोना संक्रमणका कारण पश्चिमी अफ्रिकी देश सेनेगलका राष्ट्रपति म्याकी सैलले क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ। उनी केही समयअगाडि एकजना कोरोना पोजिटिभ व्यक्तिसँग सम्पर्कमा बसेका थिए। 

देशको सरकारी टेलिभिजनले बुधबार यसको जानकारी दिँदै ५८ वर्षीय सैलको पहिलो रिपोर्ट नेगेटिभ आएको बताएका छन्। संक्रमित व्यक्तिको परिचय भने खुलाइएको छैन। 

एक महिना अगाडि राष्ट्रपतिको भाईको पनि जाँच भएको थियो। सेनेगलमा हालसम्म ६ हजार संक्रमित फेला परेका छन्, जसमा ९३ जनाको मृत्यु भइसकेको छ।
 

प्रकाशित मिति: : 2020-06-25 15:26:20

प्रतिकृया दिनुहोस्