कंगना राणावत परिवारबादविरूद्धको अभियानमा झन् सक्रिय 

बलिउड नायिका कंगना राणावत हिन्दी सिनेमामा व्याप्त परिवारवादको भण्डाफोर गर्ने अभियानमा झन् बढी सक्रिय देखिएकी छिन्।

सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउडमा गहिरो बन्दै गइरहेको परिवारवादको विरूद्ध आवाज उठाएकी कंगनाको पक्षमा थुप्रै कलाकार उभिएका छन्। 

उनले हालै ‘स्टार किड्स’ को पुरानो फोटो तथा भिडियो सार्वजनिक गर्दै उनीहरू विरूद्ध मोर्चा खोलेकी छिन्। 

उनले सार्वजनिक गरेको फोटो तथा भिडियोमा ‘स्टार किड्स’हरू मोटो तथा नराम्रो देखिएका छन्। 

परिवारवादको मुद्धा उठेपछि ट्वीटरमा ‘पापा हे ना’ ह्यास ट्याग ट्रेण्ड चलिरहेको छ। यसको प्रयोग गर्दै एकजना युजरले आलिया भट्ट, सोनम कपुर, सोनाक्षी सिन्हा र सारा अली खानको टिनएजको तस्वीर शेयर गरेका छन्। तस्वीरमा उनीहरू भद्धा देखिएका छन्।

यसलाई शेयर गर्दै सोनमले लेखेकी थिइन, ‘केही मान्छे भनिरहेका छन् कि यो फोटोमा अर्के शरीर जोडिएको हो। तर, होइन। यो रियालिटी चेक हो, मुभी माफियाका लागि। करण जौहर जस्ता मानिस आउट साइडर्सलाई स्टार किड्स जस्ता राम्रो अनुहारको नभएको भनिरहेको छन् भने उनले गल्ती भनेका छैनन्। मानिसहरू ‘ब्रेन वास’ बाट बाहिर आउनु जरुरी छ।’

स्टार किड्सको पुरानो तस्वीर शेयर गरेपछि केही युजर्सले कंगनालाई भनेका छन्, उनीहरूको शरीर चलाईको छ। तर, धेरैले कंगनाको कुराको सह्रना गरेका छन्। कंगनाले सुशान्तको आत्महत्यालाई योजनाबद्ध हत्याको आरोप लगाएका छन्। उनले यसमा करन जौहर जस्ता फिल्म माफियाको हात रहेको पनि आरोप लगाइएकी छिन्। 

 सुशान्तको निधनपछि करन, सलमान खान, आलिया भट्ट, करिना कपुर र सोनाक्षी सिन्हाको खुब आलोचना भइरहेको छ। बलिउडमा परिवारवाद हावी हुँदा सुशान्तले थुप्रै फिल्म गुमाउनु परेको तथ्य बिस्तारै उजागर हुँदै गइरहेको छ।

प्रकाशित मिति: : 2020-06-25 15:10:30

प्रतिकृया दिनुहोस्