तेगस नदीमा खसेकाे माेबाइल निकाल्न हाम फालेका सिद्धान्त मृत भेटिए

पोर्चुगलको राजधानी लिस्बोनबाट हराइरहेका १९ वर्षीय सिद्धान्त गुरुङ मृत अवस्थामा भेटिएका छन्।

१७ जुन २०२० का दिन आफ्नो घरबाट करिब १८ः३० बजे नियमित ब्यायमको लागि निस्केका गुरुङ सोही दिन राति करिब २२ः३० बजे लिस्बनको ओरियन्त नजिक तेगस नदीमा खसेको माेबाइल झिक्न हामफालेकाे प्रत्यक्षदर्शीले बताएका छन्। 

तत्कालै प्रहरीले उनलाई पानीबाट बाहिर निकाल्दासम्म उनको मृत्यु भइसकेको थियो।

पोखरा बुद्धचोक स्थाई घर भएका गुरुङ २ बर्षदेखि पोर्चुगलको राजधानी लिस्बनमा आफ्ना मातापितासंग बसोबास गर्दै आइरहेका थिए। प्रहरीले ८ दिन पछि (बुधवार) मात्रै उनका परिवारलाई जानकारी गराएको छ ।

मृतक सिद्धान्तको शव पोस्टमार्टमका लागि मार्तिमुनिजको हस्पिटल साओ जोजेमा राखिएको छ।

अदालती प्रकृया पुरागरे पश्चात उनको पार्थिव शरीर लिस्बोनमा नै दाहसंस्कार गरिने छ। 

सन् २०१० यता पोर्चुगलमा ३७ नेपालीको मृत्यु भइसकेको छ। लगातार नेपालीहरुको मृत्युको घटनाले यहाँका नेपालीहरु शोकमा डुबेका छन्।
 

प्रकाशित मिति: : 2020-06-25 09:08:08

प्रतिकृया दिनुहोस्