टम रबर्टसन
बिफर भाइरसले नेपालीलाई १९ औं र २० औं शताब्दीको सुरुवातसम्म त्रस्त बनायो। इतिहासकार सुसान हेइडनको हालैको निबन्ध ‘डेथ अफ द किङ’मा लेखेकी छिन्, ‘बिफरले धनी र गरीब दुवै परिवारलाई भयानक वैयक्तिक र राजनीतिक परिणामका साथ नष्ट गरिदियो।’
सन् १७९० को अन्त्यतिर काठमाडौं उपत्यकामा बिफर देखा पर्यो । यसको प्रकोप बारे साह्रै थोरै मात्र थाहा पाइएको छ तर त्यो त्यस्तो समय थियो, जब उपत्यकाका शहरहरु तीनदशक पहिले पृथ्वीनारायण शाहले जितेपछि भर्खरै मात्र बौरिन थालेका थिए। काठमाडौंको जनसंख्या सडकमै बसेर काम गर्थे, यसबारे एक बेलायती आगन्तुकले काठमाडौंलाई ‘अत्यन्त साँगुरो र करीब करीब बनारसझैं फोहोर’ भनी वर्णन गरेका छन्।