शनिबार, १२ जुलाई २०२५

फेक प्रचारमा ट्रम्प, ट्वीटरले बन्द गर्‍याे समर्थनमा खोलिएका खाता

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
2020-06-25 07:16:28
News Image
• • •

ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा खोलिएको खाता बन्द गरिदिएको छ। फेक प्रचार गर्न थालेपछि खाता बन्द गरिदिएको कम्पनिले जनाएकाे छ। 

उक्त खातामा समाचार संस्था सीएनएनको भन्दै एक भिडियो सार्वजनिक गरिएको थियो। सो भिडियो सीएनएनको आधिकारिक भिडियो भने हाेइन। त्यसपछि उक्त भिडियाे हटाइएकाे हाे।

केही समयअघि फेसबुकले पनि डोनाल्ड ट्रम्पको चुनावी विज्ञापनलाई हटाएको थियो। फेसबुकले उक्त विज्ञापन नाजि जर्मनीकाे चिन्ह्र भएकाे र  आफ्नो नीतिअनुसार नभएको भन्दै हटाएको थियो।

लगत्तै ट्वीटरले पनि त्यस्तै भिडियो हटाएको थियो। उक्त भिडियोमा तस्वीरहरु राखिएका थिए। ती भिडियोमा देखिएका व्यक्तिहरुले आफ्नाे अनुमति खिचिएकाे भन्दै रिपोर्ट गरेका थिए।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?