सडक किनारमा राखिएको बम विस्फोट हुँदा ५ सर्वसाधारणको मृत्यु

बिएल संवाददाता

सिबर्गान, अफगानिस्तान

अफगानिस्तानको मार्डियान जिल्लाको एक सडकमा राखिएको बम विस्फोट हुँदा सोही बाटो भएर हिँडेका छ जना सर्वसाधारण नागरिकको ज्यान गएको छ । अफगानिस्तानको उत्तरी जाजियान प्रान्तमा बुधबार सो दुर्घटना भएको प्राप्त समाचारमा जनाइएको छ । 

उक्त प्रान्तका प्रवक्ता अब्दुल मरुफ अजरले सो जानकारी दिएका हुन्। उनले उक्त सडकमा बेवारिसे अवस्थामा राखिएको बम विस्फोट भएर तीन जना बालबालिका र दुई महिलासहित छ जनाको ज्यान गएको बताए ।

अफगानिस्तानको आन्तरिक मामिलासम्बन्धी मन्त्रालयका प्रवक्ता तारिक आरियानले अफगानिस्तानमा हिंसा मच्चाइरहेका तालिबान आतंककारीहरुले सो बम राखेको हुन सक्ने कुराको जानकारी दिएका छन् ।

उक्त प्रान्तमा पनि तालिबानहरुको ठूलो उपस्थिति रहेको बताइएको छ । त्यसैले तालिबानले नै बम राखेको उहाँले जानकारी दिए।

तर तालिबानहरुले भने यस विषयमा कुनै पनि प्रतिक्रिया दिएका छैनन् । यसअघि भने उनीहरुले अफगास्तिानमा यसैगरी बम विस्फोट गराएर सर्वसाधारणको हत्या गर्ने गरेका थिए । 

प्रकाशित मिति: : 2020-06-25 06:27:59

प्रतिकृया दिनुहोस्