दैलेखमा पीसीआर विधिबाट कोरोना परीक्षण सुरु

कर्णालीकाे सबैभन्दा बढी काेराेना भाइरस संक्रमित रहेकाे दैलेखमा पीसीआर मेसिनबाट परीक्षण सुरु गरिएकाे छ। 

दिन प्रतिदिन कोरोना संक्रमित बढ्दै गएपछि दैलेखमा पीसीआर मेसिन भित्र्याइएको हो। मेसिन पशुसेवा कार्यालयको प्रयोगशालामा जडान गरिएकाे छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री नवराज रावतले एक कार्यक्रमकाबीच मेसिनकाे औपचारिक उद्घाटन गरेका छन्।

नारायण नगरपालिका तथा जिल्ला जन स्वास्थ्य कार्यालयको समन्वयमा प्रतिनिधिसभा सदस्य रविन्द्रराज शर्माले निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषको एक करोड ६ लाख रकम कटौती गरी पीसीआर मेसिन र प्रयोगशालाका आवश्यक सामग्री जिल्ला भित्र्याएका हुन।

दैलेखमा हालसम्म ७६३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

प्रकाशित मिति: : 2020-06-24 19:32:54

प्रतिकृया दिनुहोस्