प्रधानमन्त्री मोदीले भारतको विशेष रोजगार आयोजनाको उद्घाटन गर्ने

बिएल संवाददाता

नयाँ दिल्ली

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत सरकारले शुरु गर्न लागेको विशेष रोजगार आयोजनाको यही जुन २६ मा उद्घाटन गर्ने भएका छन्। भारत सरकारले सो आयोजना कोभिड १९ पछिको अवस्थामा यहाँका कम्तीमा पनि १ करोड २५ लाख मानिसलाई रोजगारी दिने योजनाअनुरुप शुरु गर्न लागेको हो।

‘विशेष रोजगार आयोजना’ नाम दिइएको यस आयोजनाबाट भारतको सरकारले यहाँका महिला र पुरुषगरी १ करोड २५ लाख नागरिकलाई रोजगारी दिने बताइएको छ।यही जुन २६ मा प्रधानमन्त्री मोदीले भर्चुअल माध्यमबाटै उद्घाटन गर्न लागेकाे जनाइएको छ।

यो आयोजना भारतको उत्तर प्रदेशका विशेषगरी छ ओटा जिल्लाका लागि लक्ष्य गरिएको छ। उक्त आयोजनाको उद्घाटनपछि प्रधानमन्त्री मोदीले यस आयोजनाबाट लाभ लिन लागेका ती जिल्लाका केही स्थानीय नागरिकहरुसँग पनि कुराकानी गर्ने बताइएको छ।

गोरखपुर लगायतका छ जिल्लाका जनताले यो आयोजनाबाट रोजगारी पाउने भएका हुन्। सो आयोजनाको उद्घाटनपछि उनले ती जिल्लाका महिला र पुरुषसँग अन्तक्र्रिया गर्ने बताइएको छ। यो आयोजनालाई भारतको सबैभन्दा ठूलो रोजगार आयोजनाका  रुपमा लिइएको छ। यस आयोजनाको सञ्चालनबाट उत्तर प्रदेशमा विभिन्न सीप विकासका कार्यक्रमहरु सञ्चालन गरिने मुख्यमन्त्री योगी आदित्यनाथले जानकारी दिए।

तर उत्तर प्रदेशमा यति धेरै मानिसलाई रोजगारी दिने भनी भारतको सरकारले प्रचार गरेको यस कार्यक्रमप्रति भारतका विभिन्न  विपक्षी राजनीतिक दलहरुले भने विश्वास गरेका छैनन्।

प्रकाशित मिति: : 2020-06-24 18:06:26

प्रतिकृया दिनुहोस्