इजरायली सेनाले चलाएकाे गाेली लागेर प्यालेस्टाइनी उच्च अधिकारीका भतिजाको मृत्यु (भिडियाे)

इजरायली सेनाले एक वरिष्ठ प्यालेस्टाइनी अधिकारीका भतिजालाई गोली प्रहार गरि मारेको छ।

मृत्यु हुने प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसनका महासचिव साइब एराकतका भतिजा  २७ वर्षीय अहमद एराकत  थिए।

सीमा क्षेत्रको एक चेकपोइन्टमा महिला प्रहरीले सोधपुछ गरिरहँदा कारबाट भाग्न खोजेपछि अहमदमाथि गोली प्रहार गरेको प्रहरीले 
 जनाएको छ।

तर महासचिव एराकतले इजरायलले भनेको जस्तै अहमद भागेको कुरा गलत भएको दाबी गरेका छन्। 

‘उसको हत्या गरिएको हो। आज राति उसको बहिनीको विवहा थियो।’ उनले भने। अहमद आफ्नी बहिनीको विवाहको तयारीका लागि आमा र बहिनिलाई लिन गएको बेलामा घटना घटेको बताइएको छ।

उनले आफ्नो भतिजाको मृत्युको जिम्मेवार इजरायली प्रधानमन्त्री बेनजामिन नेतन्याहु रहेको बताएका छन्।

अहमदको मृत्युपछि ‘प्यालेस्टियन लाइभ्स म्याटर’ लेख्दै हनान अस्वरीले अन्तरर्ष्ट्रिय समुदायले इजरायलले यस्तो कदमको विरोध गर्नुपर्ने बताएकी छिन्। 

उनले प्यालेस्टाइनीहरुलाई कुनै अपराध बिनै इजरायल प्रहरीहरुले निशान बनाइरहेको आरोप समेत लगाएकी छिन्।

प्रकाशित मिति: : 2020-06-24 14:43:34

प्रतिकृया दिनुहोस्