शनिबार, १२ जुलाई २०२५

टिपर धुने क्रममा करेन्ट लाग्दा दुईको मृत्यु

बिएल संवाददाता

बिएल संवाददाता

नवलपुर
2020-06-24 13:59:41
News Image
• • •

नवलपुरमा मंगलबार करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको विनय त्रिवेणी गाउँपालिकास्थित खोरोण्डे खोलामा टिपर धुने क्रममा बिजुलीको तारमा छोइएर करेन्ट लाग्दा उनीहरुकाे मृत्यु भएकाे हाे।

मृत्यु हुनेमा ट्रिप्पर चालक स्याङ्जाका भरत थापा र सहचालक आशिष विक रहेका छन्। उनीहरुकाे घटनास्थलमा शव फेला परेकाे प्रहरीले जनाएकाे छ।

यसबारे थप छानबिन भइरहेकाे छ।
 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?