अब विकासको नारा होइन, जीविकोपार्जनको नारालाई सबैले बुझाैं: मुख्यमन्त्री पौडेल

वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय तहले विकास भन्दा रोजगारी सिर्जनामा ध्यान दिनुपर्ने बताएका छन्। कोरोना महामारीका कारण धेरै मानिस सहर छाडेर गाउँतर्फ आएका भन्दै मुख्यमन्त्री पौडेलले स्थानीय तहले उनीहरुलाई रोजगारी दिनुपर्ने बताए। 

बुधबार हेटौंडा उपमहानगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै उनले अब विकासको नारा होइन जीविकोपार्जनको नारालाई सबैले बुझ्न जरुरी रहेको भन्दै कामको शैली परिवर्तन गर्न आग्रह गरे।

बुधबार हेटौंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७७ ०७८ को लागि २ अर्ब ८ करोड ६६ लाख ३३ हजार रुपैयाँ बिनियोजन गरेको छ। 

प्रस्तुत गरिएको बजेटमा आन्तरिक श्रोतबाट २० करोड १४ लाख ७९ हजार रुपैयाँ, राजश्व बाडफाँडबाट ५५ करोड ३ लाख, ४४ हजार, प्रदेश सरकारको विभिन्न अनुदानबाट ८ करोड ३५ लाख,९८ हजार तथा सङ्घिय सरकारको अनुदान ९८ करोड, ९९ लाख तथा असार मसान्तसम्म खर्च नभइ बचत भएको २६ करोड १३ लाख ११ हजार रुपैयाँ प्राप्त हुनेछ।

यस्तै कोरोना भाइरसबाट मृत्यु भएको अवस्थामा मृतकको परिवारलाई हेटौँडा उपमहानगरपालिकाले तीनलाख राहत दिने भएको छ।
 

प्रकाशित मिति: : 2020-06-24 13:47:19

प्रतिकृया दिनुहोस्