नेकपाकाे स्थायी कमिटी बैठक सुरु

नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा सुरू काठमाडौं सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ।

करोना रोकथाम तथा नियन्त्रण, सीमा समस्या र समाधान, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)लगायत विषयमा छलफल गर्न बैठक डाकिएको हो। बैठकमा प्रधानमन्त्री केपी ओली तथा अध्यक्ष पुष्पकमल दाहालले वर्तमान परिस्थिति र स्थायी कमिटी बैठक बोलाउनुपर्ने बारे मन्तव्य राख्ने पहिलो कार्यसूची छ।

यस्तै, कोरोना नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधानबारे छलफल गर्ने दोस्रो कार्यसूची छ। पार्टी एकताका बाँकी कामहरूबारे तेस्रो कार्यसूची रहेको एक नेताले बताए। यस्तै, एमसिसी र अन्य विविध गतिविधिबारे छलफल गर्ने कार्यसूची छन्। सरकार सञ्चालन, कोरोना रोकथाम तथा नियन्त्रण र एमसिसीबारे नेकपामा तीब्र मतभेद छ।

प्रकाशित मिति: : 2020-06-24 12:13:33

प्रतिकृया दिनुहोस्