कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ४ स्वास्थ्यकर्मीमा देखियो कोरोना

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका ४ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। 

प्रतिष्ठानको फरक–फरक डिपार्टमेन्टमा काम गर्ने ४ जनामा कोरोना देखिएको प्रतिष्ठानले जनाएको छ। उनीहरु सबैलाई आइसुलेसनमा राखिएको छ।

स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि अस्पताल सिल गरेर ईमर्जेन्सी बाहेकका सबै सेवा अनिश्चित कालका लागि बन्द गरिएको छ।

यसअघि जुम्लाका कोरोना संक्रमित मध्य २५ निको भएर डिस्चार्ज भइसकेका छन् भने बाँकी ती जनाको आइसोलेसनमा उपाचार भइरहेको छ।

प्रकाशित मिति: : 2020-06-24 11:59:44

प्रतिकृया दिनुहोस्