राष्ट्रपतिले बुधबार साँझ शीर्ष नेताहरुलाई शितल निवास बाेलाइन्

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई बुधबार साँझ भेटघाटका लागि शीतल निवास बोलाएकी छन्।

नेकपा स्थायी समिति बैठक बस्नुअघि राष्ट्रपति भण्डारीले भेटघाटका लागि बुधबार साँझ ५ बजेका लागि विभिन्न राजनीतिक दल र तिनका प्रतिनिधिलाई शीतल निवास बोलाएकी हुन्।

राष्ट्रपति भण्डारीले समसामयिक विषयमा छलफल गर्न उपराष्ट्रपति, प्रधानमन्त्री, संघीय ससद्‌का सभामुख, राष्ट्रिय सभाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीलगायतलाई बोलाएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले बताए।

लामो समयसम्म राष्ट्रपतिले सबै दलका नेताहरुसँग छलफल नगरेको र अभिभाकत्व भूमिका निर्वाह गर्नका लागि भेलाको आयोजना गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रकाशित मिति: : 2020-06-24 11:45:57

प्रतिकृया दिनुहोस्