वीरगञ्जमा एक युवककाे घाटी रेटेर हत्याकाे प्रयास

वीरगञ्ज महानगरपालिका २६ सुगौलीमा बुधबार बिहान एक युवकको विभत्स तरिकाले हत्या प्रयास भएको छ।

स्थानिय हमिद मियाको ३५ वर्षका छोरा सरफुद्दिन मियाँलाई घाटी रेटेर खेतको आलिमा फ्यालेको अवस्थामा फेला परेको पर्सा प्रहरीले जनाएको छ। गाउँ नजिकै रहेको सातो माई मन्दिर नजिक बिहान करिब ६ बजे स्थानियहरु खेतमा जाँदा इलाका प्रहरी कार्यालय सुगौली चौकीमा खबर गरेका थिए।

युवकको सास चहिरहेकाले उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा लगिएको वडा अध्यक्ष शम्भु मिश्राले बताए।

युवकको अवस्था गम्भिर रहेको र शल्यक्रियाको तयारी भइरहेको अस्पताल स्रोतले जनाएको छ। 

पर्सा प्रहरीले प्रारम्भिक अनुसन्धानमा युवकको घाटि रेटिएको जनाएको छ। तर के कारणले कसले गरेको भन्ने बारेमा अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति: : 2020-06-24 11:31:43

प्रतिकृया दिनुहोस्