भारतले दिल्लीस्थित पाकिस्तानी दूतावासमा कार्यरत आधा कर्मचारीलाई देश निकाला गर्ने

भारतले दिल्लीस्थित पाकिस्तानी दूतावासमा कार्यरत आधा कर्मचारी निष्काशन गर्ने भएको छ ।

जासुसी तथा आतकंवादीहरुसँगको सम्बन्धमा जोडिएको आरोप लगाउँदै भारतले पाकिस्तानी दूतावासमा कार्यरत कर्मचारीहरुलाई देश निकाला गर्ने तयारी गरेको हो ।

भारत सरकारले पाकिस्तानको इस्लामावादस्थित भारतीय दूतवासमा कार्यरत कर्मचारीको संख्या पनि आधा कटौती गर्ने जानकारी दिएको छ ।

भारतको एकतर्फी निर्णयको पाकिस्तानी अधिकारीहरुबाट अहिलेसम्म कुनै आधिकारीक प्रतिक्रिया आएको छैन ।

भारतले तीन हप्ता अगाडि दुई जना पाकिस्तानी कुटनीतिज्ञलाई देश निकाला गरेपछि दुई देशबिचको सम्बन्ध फेरी चिसिएको छ ।

जवाफमा पाकिस्तानले पनि इस्लाबादस्थित भारतीय दूतावासमा काम गर्ने दुई जना कर्मचारीलाई प्रहरी नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो ।

यो घटनालाई भारतीय विदेश मन्त्रालयले आफ्ना कर्मचारी इस्लाबादको सडकबाट अपहरणमा परेको भनेर प्रचार गरेका थियाे।

तर पाकिस्तान अधिकारीहरुले भने उनीहरुले पैदलयात्रीलाई ठक्कर दिएकोले सडक दुर्घटनाको कानुन अनुसार सोधपुछ गरिएको दावी थियो ।

प्रकाशित मिति: : 2020-06-24 08:05:40

प्रतिकृया दिनुहोस्