कांग्रेसले अंगीकृतका लागि सातवर्षे प्रावधान नमान्ने

प्रमुख प्रतिपक्ष कांग्रेसले नेपाली पुरुषसँग विवाह गरी आएका विदेशी महिलालाई सात बर्षपछि अंगीकृत नागरिकता दिने प्रस्तावित प्रावधान असंवैधानिक रहेको भन्दै नमान्ने निर्णय लिएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा आज बसेको पार्टी पदाधिकारी बैठकले फरक मत राखेर असहमति जनाउने निर्णय लिएको हो। 

'नागरिकलाई लिएर सत्तारुढ दलले गरेको निर्णय नागरिकले पाइरहेको संवैधानिक, सामाजकि, सांस्कृतिक अधिकारको विरुद्ध छ। यसलाई जबर्जस्ती पास गर्न खोजिए कांग्रेसले फरक मत राख्छ,' उपसभापति बिमलेन्द्र निधीले भने।

उनले दिइसकेको अधिकारबाट नागरिकलाई बञ्चित गर्दा सामाजिकरुमपा द्वन्द्व बढ्ने बताए। रा

नेकपा सचिवालयको शनिबारको बैठकले समितिले प्रस्ताव गरेअनुसारकै विधेयकलाई अघि बढाउने निर्णय लिएको थियो। सत्तारुढ दलको निर्णयपछि आजै बस्ने संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले नागरिकता विधेयक मतदानको प्रकृयाबाट निर्णय लिने संभावना बढेको छ। 

समितिमा सत्तारुढ दलकै सांसदको बहुमत रहेकाले सहजै पारित हुने अवस्था भए पनि कांग्रेसले फरक मत लेखेर विरोध जनाउने निर्णय लिएको हो।

अर्को विपक्षी दल जनता समाजवादीले पनि उक्त विधेयकको विरोध गर्दै आएको छ। 

प्रकाशित मिति: : 2020-06-21 13:47:03

प्रतिकृया दिनुहोस्