भारत र चीनलाई सीमा विवाद शान्तिपूर्ण रुपमा समाधान गर्न नेपालले दियाे सुझाव

चीन र भारतलाई सीमा विवाद शान्तिपूर्ण रुपमा समाधान गर्न नेपाल सरकारले सुझाव दिएको छ।

लद्दाखको गलवान उपत्यका क्षेत्रमा झडप भएको ५ दिनपछि शनिबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उक्त सुझाव दिएको हो। झडपमा भारतका २० सैनिक मारिएको यसअघि नै पुष्टि भइसकेको छ।

सरकारले नेपाल मुलुकहरूबीचको विवाद शान्तिपूर्ण तरिकाबाट सुल्झाउन पर्छ भन्ने पक्षमा रहेको उल्लेख गरेको छ। यस्तै नेपाल सधैँ क्षेत्रीय र विश्व शान्तिको पक्षमा उभिदै आएको पनि स्पष्ट पारेको छ।

‘गलवान उपत्यकामा भएको घटनाको सम्बन्धमा आपसी संवादबाट शान्तिपूर्ण ढंगले समाधान निकाल्न छिमेकी मित्रराष्ट्र भारत र चीन सक्षम हुने विश्वास छ,’ सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘क्षेत्रीय र समग्र विश्वको शान्तिका लागि दुवै देशबीचको देखिएको विवाद समाधान भइ सहज सम्बन्ध हुन जरुरी छ।’

प्रकाशित मिति: : 2020-06-20 21:12:41

प्रतिकृया दिनुहोस्