खोटो जिन्दगी

रातको उज्यालोमा खोज्दै हिँडिरहेछु म
दिनका पीडित व्यथाहरू बोकेर
प्रिय साथि त्यो दिन त्यो रातमा घटिएका व्यथाहरुको स्मरणमा
उकालो ओरालो मान्छेको जिन्दगी यो
हुँदो रैछ विनास एकक्षणमै
यात्रा त लामो जस्तो वास्तवमा छोटो पो रैछ
प्रिय साथि जिन्दगी खोटो रैछ

संसारमा खुसीको भण्डार फैलाएर यहाँबाँच्नु पर्दोरैछ
यो त अनित्य छ संसारर जाने र पनि अन्जानमा हाँस्नु पर्दोरैछ
यस्ता खेलहरू कति आए कति गए होला
कहिले खुशि कहिले दुःख हुँदै
हेर साथि पल्ला घरका नरेले यही महिना भित्रै
विवाह गर्नेको खुशीमा गावँ बस्ती नै आधुनिक धुन् नाचिरहेका छन्
तर अफसोभचको कुरा यो छ।
नरेका आमाबुवा बितेको दुई वर्ष मात्रै भाकोरै’छ 
पहिलो डोली आमाको काख, दोस्रो डोली श्रीमतिको साथ, तेस्रो डोली बाँसको डोली मसानघाट
मट्टिले बनेको जिन्दगी मट्टिमै मिल्न जाँदोरैछ
प्रिय साथि जिन्दगी त खोटो पो रैछ
स्वयंलाई मूर्दा सम्झी बाटोमा लडेँथेँ  म
तर एक जना व्यक्तिले चिमोटि दिँदा
मासु त जिउँदो पो रैछ
बालापन्, यौवन्, बुढोपन् सबै अतितमै रही 
यहाँको आफ्नो, को पराय साथमा के लानु छर
आफूलाई ओडाइ दिएको सेतो कपडा पनि आफ्नै आँखाले देख्न नपाई तन सँगै जलेर जाँदो रैछ
प्रिय साथी जिन्दगी त खोटो रै’छ

यो तिम्रो यो मेरो यो त महाभारतको सजावट हो
आखिर कसले पायो त्यो राज्य 
यो त एक बनावट थयो
हामी सकुनिको पासामा नफसौँ
योत एक सजावट थ्यो 
चाहे दुँनियाको उन्नतिले जून तारा नै किन नछोओस् 
एक दिन् भूकम्पले भत्क्याएर लान्छ 
प्रिय साथी जिन्दगि त खोटो रै’छ

प्रकाशित मिति: : 2020-06-20 18:54:20

प्रतिकृया दिनुहोस्