एमसीसीबारे छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक आज बोलाइएको छ।

बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हाे।

बैठक अमेरिकी सहयोग परियोजना (एमसीसी)मा केन्द्रित हुने छ।

पार्टीले गठन गरेको कार्यदलले एमसीसी जस्ताको त्यस्तै पारित गर्न नहुने सुझाव दिएको छ।

एमसीसीमा पार्टीभित्र एकमत नहुँदा सचिवालय बैठक पटक पटक आह्वान गर्ने गरिएपनि अन्तिम समयमा स्थगित हुने गरेकाे छ। 

प्रकाशित मिति: : 2020-06-20 08:36:53

प्रतिकृया दिनुहोस्